• काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेलीले धर्म परिवर्तन गराउन कसुर गरेको अभियोगमा जाहेरी लिएर गएका कानुन व्यवसायीलाई प्रहरीले फिर्ता पठाएको छ ।

    प्रधानमन्त्रीले धर्म परिवर्तन गराएको भन्दै जाहेरी दिन पुगेका कानुन व्यवसायी अधिवक्ता भुपेन्द्र पोखरेललाई काठमाडाैं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उल्टै गाली गरेर जाहेरी दर्ता नगरि फिर्ता पठाएका हुन् ।

    अधिवक्ता पोखरेलले जाहेरीमा भनेका छन्, ‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चिय सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ ।’

    अपराध (संहिता) ऐन २०७४ को दफा १५८ को १, २ विपरित धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भइ विवादित संस्था यूपीएफको अवार्ड वा उपहार, तकमा दिने कार्य संविधानको धारा २७७ विपरित भएको उनले जाहेरीमा दाबी गरेका छन् ।

    अधिवक्ता पोखरेलले नेपालपानासँग भने, संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर प्रष्ठ व्याख्या गरिपनि प्रधानमन्त्री आेली धर्म प्रचारको कार्यक्रममा सहभागी भएको र उनीहरुबाट अवार्डसहित नगद रकम लिएकाले धर्म परिवर्तन सम्बन्धि उद्योग अन्तरगत जाहेरी दिन पुगेको थिए । तर, प्रहरीले जाहेरी नै लिन मानेन् । यसबारे के गर्ने भन्नेबारे थप छलफल गरेर अगाडि बढ्ने सोचमा पुगेर फर्केको छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…