• काठमाडौं – पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सरकारका मन्त्रीहरुको तानाशाही प्रवृतिले हैरान बनेका कार्यकर्ता कम्युनिस्ट पार्टी छाडेर धामाधम नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन्।

    देशैभरिका कम्युनिष्ट कार्यकर्तामा चुनाव अघि पार्टीले गरेको बाँचा पूरा गर्न नसकेपछि उनीहरु आफ्नो साखा जोगाउन कांग्रेसमा प्रवेश गरिरहेका छन्। पछिल्लो समय सामान्य कार्यकर्ता मात्रै नभएर निर्वाचनमा लोकप्रिय मत पाएर जितेका जनप्रतिनिधि समेत कम्युनिस्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

    केही दिनअघि पनि पथरीशनिश्चरे–७ मा पूर्व एमालेका वडाध्यक्ष लालबहादुर खड्का लगायत कांग्रेस प्रवेश गरे। त्यसअघि मोरङको पथरीशनिश्चरे–३ किराती चौकका करीब ७० जना विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरे ।

    त्यसलगत्तै सुन्दरहरैचाको सुक्रवारेमा नेकपासहित विभिन्न पार्टीका ८१ जना कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै सुन्दरहरैचाको खोर्सानेमा पनि ५५ जनाले विभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरे । मोरङको ३ नम्बर क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ । विभिन्न ३ ठाउँमा भएको कार्यक्रममा २ सयभन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

    नवप्रवेशीलाई कांग्रेस महासमिति सदस्यहरु बसन्त भट्टराई, डा।सुनिल शर्मा, लोकप्रसाद संग्रौला, ललित श्रेष्ठ, जिल्ला सहसचिव शिव ढकाल, संगठन बिभाग प्रमुख मानबहादुर लिम्बु, क्षेत्रीय सभापति गणेश खड्का लगायतले अविर लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

    सो अवसरमा बोल्दै कांग्रेस नेताले जनताको भावना बुझ्ने र जनमुखी काम गर्ने पार्टी कांग्रेस मात्र भएकाले कांग्रेसमा जनलहर बढ्दै गएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…