• काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले पछिल्लो समय केपी ओली नेतृत्वको सरकार विकास निर्माणदेखि शान्ति सुरक्षा दिनमा असफल भएपछि सडक आन्दोलन गर्दै आइरहेको छ।

    सडक आन्दोलनलाई दुई तिहाइको दम्भमा प्रधानमन्त्रीद्धारा बल पूर्वक साम्य पार्न खोजेपछि तरूण दलले देशमा विकास निर्माणदेखि शान्ति सुरक्षाका लागि कानुनलाई टेकेर अगाडी बढेको छ। तरूण दल काठमाडौं शाखाले कानुनलाई टेकेर ओली नेतृत्वको कम्युनिस्ट सरकारको लाचारिपनाविरुद्ध ज्ञापन पत्र बुझाएको छ ।

    तरुण दलका नेता तथा कार्यकर्ताहरूले सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासनमा पुगेर कम्युनिस्ट सरकारको अराजकता विरुद्ध ज्ञापन पत्र बुझाएका हुन् ।

    देशमा बढ्दो बलात्कार, हत्या, हिंसा, महँगी, भ्रष्टाचार नियन्त्रण, गाडी खरिद प्रकरण, एयरवस खरिद आदिको छानविनमा सरकारी उदासीनता र निर्मला हत्या प्रकरणमा सरकारको लाचारिपना देखाएको विरोधमा खबरदारीका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको तरुण दल काठमाडौंले जनाएको छ ।

    उनीहरूले ओली सरकारले निर्मला पन्तका दोषीलाई संरक्षण गरेर राखेको भन्दै आक्रोश समेत जनाएका थिए ।उनीहरूले देशमा सुशानको माग गरेका छन् ।ओली सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा तरुण दलका थुप्रै नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…