• मोरङ  ।  महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङ को न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमाल प्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ । कुरो १५ बर्षअघि हो, घरमा राजेश हमाल अभिनित देउता  फिल्म हेर्दा राजेश हमालको मृत्यु हुन्छ, त्यो दृश्य देख्नसाथ हर्कले  हमालको मृत्यु भएको पीडा सहन नसकेर देउता फिल्मको सिडी र सिडी प्लेयर नै फुटाइ दिए । र उनी कोठामा बसेर रुन थाले, त्यस दिन खाना समेत खाएनन् रे उनले । किनकी उनलाई असह्य पिडा भयो ।

    यति मात्र कहाँ हो र उनले राजेश हमाल अभिनित कुनै फिल्म हेर्न छुटाएको बिरलै मात्र छ । उनीसँग हमालद्वारा अभिनित चलचित्रको सिडीको थाक नै छ । राजेश हमाल नै मन पर्नुको कारण चाँहि के हो रु भन्ने प्रश्नमा हर्क भन्छन्— उहाँको अभिनय राम्रो छ, पढेलेखको र हेण्डसम पनि हुनुहुन्छ । भनिन्छ मानिसहरु समस्या र दुख पर्दा भगवानलाई सम्झन्छन् । यद्यपि, हर्कको भगवान भनेको नै हमाल हुन्, उनी हमालकै नाम पुकार्छन् । मेरो भगवान भनेको नै राजेश हमाल हो, हर्कले भने । कक्षा—५ सम्म अध्यनरत हर्कलाई राजेश हमाल एकदमै मनपर्छ भनेर गाँउघरमा सबैलाई थाहा छ । राजेश हमालको कुरा जोडेर उनलाई गिज्याउनेहरु पनि छन् । तर, आफूलाई राजेश हमालको नाम जोडेर जिस्काएको मन नपर्ने उनी बताउँछन् । हलमा राजेश हमालको फिल्म आउदैछ भनेर सुन्नासाथ फिल्म हेर्न हलमा पुगिहाल्छन् ।

    सकेसम्म उनी राजेश हमालको मृत्यु भएको फिल्म नै हेर्न चाहदैनन् । राजेश हमाल मरेको थाहा भयो भने म त्यो फिल्म नै हेर्दिन् । उनले भने— मलाई राजेश दाई मरेको फिल्म हेराएर कति चोटी त रुवाएका छन् साथीहरुले। म राजेश दाई फिल्ममा मरेको हेर्न चाहान्न्

    राजेश हमालसँग उनको भेट्ने ठुलो धोको छ । यसलाई पुरा गर्न उनी एकचोटी काठमाण्डौ जाने सुरमा छन् । राजेश हमाललाई भेट भयो भने के गर्नुहुन्छ रु उनी भन्दै गए— नजिकैको साथीलाई म राजेश हमालसँग फोटो खिच्छु खिचिदिनुन भनेर अनुरोध गर्छु । अनि राजेश दाईलाई एकचोटी आफूसँग फोटो खिच्न अनुरोध गर्छु । यति भनि नसक्दै हर्क भावुक भए । उनले लामो खुई हाँन्दै भने — राजेश हमालसँग फोटो खिचेर सजाएर राख्ने मन छ ।

    https://www.youtube.com/watch?v=3qqdEV4ybig

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…