• काठमाडौं — ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै ।
    कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् ।
    १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए ।

    यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौडदै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए ।
    झन्डै आधा घण्टापछि उनको झन्डै उनको होस फिर्यो ।

    हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो ।

    विद्यालयले घटना गुपचुप राख्न खोज्यो ।

    अभिभावकलाई जानकारी नै गराएन ।

    होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…