उर्लाबारी : प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।
टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।
सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले राससलाई जानकारी दिनुभयो ।