• विरेन्द्रकुमार साह 

    बिराटनगर ,

    युवाहरुको मनमुटुमा राज गर्दै आएका गायक हुन आर. के. खत्री अर्थात रोहण खत्री । रातो लिपिस्टिक ,मलाई गोलि हान्यो ,महसुस लगायतका थुप्रै गीतहरु अति नै लोकप्रिय छन् युवा पुस्तामा अझ भनौ युवा मात्र नभएर सबै उमेरका व्यक्तिहरुकालागि उनले गीत गाएका छन् ।

    सामान्य परिवारबाट यो क्षेत्रमा आएका आर. केलाई सुरु सुरुमा गीतहरु बजारमा ल्याउनको लागि धेरै नै गाह्रो परेको उनले सिनेकला टी. भी. संगको एक अन्तर्वार्तामा बताए । आफ्नो पहिलो गीत सपना मैले पनि देखेथे यी आँखामा जुन रिबिल क्रेसनबाट  आउने सबै तयारि भएको थियो तर प्राबिधिक कारणले मैले त्यो गीत तेतीबेला बजारमा ल्याउन सकिन तर अब बिस्तारै  यो  गीतलाई बजारमा ल्याउने तयारि गरिरहेको छु उनले भाबुक हुदै भने । '


    पछिल्लो समय स्टेज शोहरुमा ब्यस्त रहेका आर. के.अहिलेसम्म आफु सिंगल रहेको र अहिले भबिस्य बनाउने बेला हो गलफ्रेन्ड बनाउने होईन् जिस्किदै भने । भखरै मात्र बजारमा आएको एक बोतल रक्सीले छुदै छुन् र  मेरो आउने सबै गीत संगीतलाई  माया गरिदिनुहोला सम्पुर्ण दर्शकहरुलाई अनुरोध समेत गर्न भ्याए ।


    https://www.youtube.com/watch?v=ajujQbWgY5E&feature=share

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…