• काठमाडौँ । सत्ता र शक्ति संघर्षले मधेशवादी दलहरू प्राय विवादमा तानिन्छन् । सत्ता भने पछि मधेसी नेता हुरुक्कै हुन्छन् केहि नेताहरु । सिमित नेताकै कारण दल एजेण्डामा अडिन नसकेको तितो सत्यले मधेस तराईका आम नागरिक दिग्दारीमा रहेमाछन् ।

    उनीहरुको आन्तरिक किचलो भित्र भित्रै भूसको आगो झै दन्किएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमकी २ नम्बर प्रदेश अध्यक्ष रेणु यादवले अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेकी छन् । अध्यक्ष यादव सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर कमाई एवं रमाइरहेको अवस्थामा संविधान दिवसलाई कालो दिवसको रूपमा नमनाउने पक्षमा थिए ।

    तर प्रदेश(२ की अध्यक्ष यादवले संविधान दिवसलाई कालो दिवसका रूपमा मनाउने विज्ञप्ति निकालेपछि फोरमभित्र भाँडभैलो मच्चियो । सो भाडभैलो अझै रनक्क तातिएको छ । संविधान संशोधनको ललिपप देखाएर फोरम अध्यक्ष यादव सत्तामा सुटुक्क पसे ।

    जसका कारण राजपा टाढियो । मधेश आन्दोलनमा कुनै योगदान नभएका सुरेन्द्र यादवलाई मेडिकल माफियाहरूको इशारामा अध्यक्ष यादवले स्वास्थ्य राज्यमन्त्री बनाएपछि रेणु यादव लगायतका व्यक्तिहरू पार्टी फुटाउने जोडघटाउमा लागेको जानकारहरले बताएका छन्।

    कुनै बेला अध्यक्ष यादव र प्रदेश-२ की अध्यक्ष बीच नङ्ग र मासुको जस्तो सम्बन्ध रहेकोमा अहिले नदीको दुई किनार बन्न पुगे । यस्तै बताउछने उनीहरुलाई नजिकबाट नियाल्लेहरु । मधेश र तराईका नाममा फोरम र राजपाले रमिता देखाएको टिप्पणी ब्यापक चलेको छ ।

    उता राष्ट्रिय जनता पार्टी ९राजपा० भित्र पनि शक्ति संघर्ष चलेको छ । राजपामा अध्यक्ष मण्डलका महन्थ ठाकुरसँग अनिल झा मात्र रहेको बताइएको छ । आगामी २०७६ वैशाख ७ देखि ९ गते राजपाले महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

    पार्टी एकीकरण भएको २० महिनापछि नेतृत्वबारे हानाथाप भई अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई अनिल झा बाहेकका सदस्यहरू महेन्द्र यादव, राजकिशोर यादव, शरतसिंह भण्डारी लगायतका सदस्यहरूले साथ दिएपछि महतो अध्यक्ष मण्डलको संयोजक बनेका थिए । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ ।

    यस्तो अवस्थामा राजपा पनि फुट्न सक्ने जानकारहरूले बताएका छन् किनकि संयोजकबाट हटाइएपछि महन्थ ठाकुरले आफ्नो पुरानो दल तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा राजपाको झण्डा फहराई त्यहीँ अड्डा जमाएर बसेको अवस्था छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…