• काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाका हत्यारालाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

    मंगलबार गृहजिल्ला कालिकोट पुगेका प्रकाण्डले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई आफूले कारबाही गर्ने बताएका हुन् ।

    आफ्नो पार्टीले बुधबार मान्मामा गर्न लागेको जनसभामा सहभागी हुन मंगलबार गृहजिल्ला पुगेका प्रकाण्डले भने, ‘चार महिना बितिसक्दा पनि तत्कालीन सरकारले निर्मलाका हत्यारालाई कारबाही गर्न सकेन । अब हामी गरेर देखाउँछौँ ।’

    उनले अपराधीलाई सरकारले नै संरक्षण गरेको बताउँदै राज्यले संरक्षण गरेको चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने दाबी गरे ।

    त्यस्तै प्रकाण्डले विवादस्पद एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री सहभागी हुनु गलत भएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…