• काठमाडौँ । ‘स्वरसम्राट’ नारायण गोपालको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी संगीत क्षेत्रले मनाउँदै छ । नारायण गोपाल  गुर्वाचार्यको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

    नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा हरेक वर्ष विभिन्न कार्यक्रम हुँदै आएका छन् । उनको सम्झनामा नारायण गोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ ।

    यस्तै सांस्कृतिक संस्थान, कलानिधि इन्दिरा संगीत विद्यालय पुल्चोक, भरतपुरको नारायणी कलामन्दिर लगायतले विशेष कार्यक्रम गर्दैछन् ।

    नारायण गोपालको निधन भएको २८ वर्ष भइसके पनि उनका कालजयी गीत यद्यपि चर्चित छन् । गीत संगीतमा पछिल्लो समय विकृति बढ्दै जाँदा नारायण गोपाल झन्झन् चर्चित हुँदै गएका छन् । उनका गीतको गहिराई झन् झन् बढ्र्दै गएको छ ।

    नारायण गोपालको सांगीतिक यात्रा

    विक्रम सम्वत १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालले २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका थिए । त्यसपछि उनी कहिल्यै पछाडि फर्केनन् ।

    नारायण गोपालले सयौं गीत गाएका छन् । उनका कुनै गीत पनि त्यस्ता छैनन् जुन कर्णप्रिय नहोउन् । उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् ।

    उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

    के छ पृष्ठभूमि ?  बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे । बाल्यकालमा निकै लजालु स्वाभावका नारायण गोपाल भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे ।

    उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो ।

    नारायण गोपालको किशोरावस्थामा दुई कुराको अम्मली भयो चुरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने । तर बेबीले सुरुमा वास्ता नगरेपछि नारायण गोपालका साथीहरुले भड्काए । अनि छाडे ।

    नारायण गोपाल हिट भएपछि बेबी पछुताएको उनका सहकर्मीहरु बताउँछन् ।

    नारायण गोपाल गाँजा पनि तान्थे । पछि रक्सी पनि साथी भयो । जीवनको अन्तिम समयसम्म नारायण गोपाल रक्सी खान्थे । तर खाएपछि उनमा आउने गीतको स्वर निकै सुरिलो हुन्थ्यो । नारायण गोपालले रेडियो नेपालबाट २०२३ सालमा सर्वोत्तम सङ्गीतकार र २०२४ सालमा सर्वोत्तम गायकको पुरस्कार थापेका थिए । उनले दर्जनौं सम्मान पाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…