लेटाङ । लेटाङका मनिहर्क राईले काठ र मोटरको सहायताले धान झार्ने प्रयोग गरिने मेसिन वनाउनुभएको छ । करिव १ लाख रुपैयाको लागतमा वनेको उक्त मेसिनले अहिले धान झार्नका लागि प्रयोग भइृरहेको छ । पराल नटुक्रिने तथा अन्य कामका लागि समेत प्रयोग हुने मेसिनको आविष्कार भएपछि मेसिनको आविष्कारक लेटाङ ३ कमलपूरका ५५ बर्षीय राईले मेसिनलाई अझै सरल बनाउदै लानका लागि प्रयास गरिरहेको वताउनुभयो ।
उहाँले यो मेसिन स्थानिय ठाँउमा उपलव्ध भएका काष्ठजन्य सामाग्री र मोटरको प्रयोग गरेर वनाउन सफल हुनुभएको हो । मेसिन वनेपछि दैनिक २ जना कामदार सहित उहाँले गाँउमा धान झार्ने काम समेत सूरु गरी सक्नुभएको छ । करिव ४ सय घण्टा लगायर उक्त मेसिन वनाएको राईले लेटाङ खबरलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “खेतीपातीको काम गर्ने मानिसको अभाव भईरहेको वेला उक्त मेसिन वरदान हुन्छ ।” उहाँले २०४४ सालमा काठको साईकल वनाएर कुदाएपछि सर्वत्र चर्चा वटुल्नुभएको थियो
https://www.youtube.com/watch?v=dWPhNlxm_-w&feature=youtu.be&fbclid=IwAR3Ik2c8Um4GbtaT82UlFMWfQ36IXmsCpCaZ54ptWLHA6oclYq2WS2cUULk