• झापा । हारलाई नै उत्साह सम्झेर निरन्तर नेपाल जेसीजको विस्तारका लागि अहोरात्र खटिरहने एउटा नाम हो महेश पौडेल । जसले गत सालको निर्वाचनमा झिनो मतान्तरले पछि परे पनि आफ्नो कर्म क्षेत्रमा भने सधैँ उनी उत्साह र उमङ्गका साथ अघि नै रहे । हारलाई निराशामा होइन उत्साहको मार्गचित्र तयार पारेर महेश र हरेषको भेट कहिले हुन दिएनन् उनले । उप विजेता बनेर पनि विजेता बनेको टिमलाई फुल माला र अबिर पहिरिएर एउटा फरक संस्कारको विकास गरेका महेशले सिंगो जेसीजकर्मीको मन जित्न सफल भएका थिए त्यसबेला । रामग्राम जेसीजका पूर्व अध्यक्ष सिनेटर श्रीधर बस्यालसँग ९ मतको झिनो मतान्तरले पराजय बेहोरेका महेशले मत परिणामपछि उनै विजेता बनेका बस्याललाई वर्षभरी संगै रहेर काम गर्ने अठोटका साथ माला लगाएर अंकमाल गरे । साथमा उनले इटहरी जेसीजको लोगो भएको भादगाउँले टोपी लगाइदिएर इटहरी जेसीजको गौरब यस वर्षलाई नेपाल जेसीज तपाईको हातमा सुम्पिदिएको छु भन्दै गर्दा त्यस समयको माहोल नै भावुक बनेको थियो । उपविजेता बनेका पौडेलले दिएको यो सदभावप्रति विजेता बनेका श्रीधर बस्यालले सबैलाई समेटेर नेपाल जेसीजलाई नयाँ आयम दिने प्रतिबद्धता जनाएका थिए । पौडेलले उत्साह, उमंग अनि निराशाको त्यो वातावरणमा गरेको त्यो अठोट एकवर्षको अवधीमा पुरा गरेर देखाइदिए ।
    उनले देशभरमा रहेका शाखाहरुसँग त्यस भन्दा अघि जति साथ, सहयोग र सहकार्य गरेका थिए, यो वर्ष पनि त्यसलाई कुनै कमि हुने मौका नै दिएनन् । उनीहरुसँग सँगसँगै रहेर काम गरि नै रहे । उनी यस पटक पनि आफ्नो यात्रामा आम जेसीज सहित हेलिने अठोटका साथ चुनावी मैदानमा होमिएका छन् ।
    ‘मैले अघिल्लो चोटी चुनाव हारे तर, हरेष कहिले खाइन’ महेशले भने –‘महेश र हरेषको भेट कहिलै हुँदैन’

    साशन व्यक्तिको होइन विधिको हुनु पर्छ भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै निरन्तर जुटिरहेका अध्यक्षका प्रवल दावेरदार पौडेलले यस पटक जेसीज मनहरुको मत र मन दुबै जित्ने तयारी छन् । पौडेल भन्छन्–‘अघिल्लो साल मन जिते, मत जित्न सकिन, तर, यो वर्ष मन र मत दुबै जित्नेछु ।’
    चुनावमा होमिएपछि जित र हार अवस्य हुन्छ । हारलाई नै अन्त्य सम्झनेले फेरीको बाटोलाई अघि बढ्न कठिन बनाउँछ । तर, महेश यस्तो पात्र बने जसले हारलाई निराशा होइन, उत्साह र अघि बढ्ने थप मार्गचित्र तयार पारे ।
    जनकपुरमा हुने नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जसमा पौडेल यस वर्ष जेसीजमा बलियो उम्मेद्वारका रुपमा देखिएका छन् ।
    सन २००६ मा जेसीज अभियानमा होमिएका पौडेल चाहे सुखमा होय या दुःखमा त्यसयता निरन्तर यस अभियानमा अनरवत छन् । विभिन्न शाखाहरुको कठिन् र अफ्ठ्यारा परिस्थितिमा साथ र सहयोग गर्दै आएका पौडेलले सन २०१६ मा इटहरी जेसीजको अध्यक्षको जिम्मेवारी पाएका थिए ।  वर्ष २०१९ का लागि अध्यक्षको दर्विलो दावेदारका रुपमा रहेका पौडलले १३ वर्षको जेसीज यात्रामा दोस्रो पटक अध्यक्षको दावेदारका रुपमा आफुलाई उभ्याएका छन् । 

    बर्ष २००७ का सफल उपाध्यक्ष मात्र नभई सर्वाेत्कृट शाखा सदस्य बाट पुरस्कृत भए उनी । बर्ष २००८ मा इटहरी जेसीजमा कोषाध्यक्ष (उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार), बर्ष २००९ मा महासचिव भै नेपाल जेसीजको उत्कृष्ट महासचिव पुरस्कार समेत प्रप्त गर्न सफल हुनु भयो । बर्ष २०१० मा कानुनी सल्लाहकार हुँदै बर्ष २०१२ मा इटहरी जेसीजको शाखा अध्यक्ष भई पूर्व क्षेत्रकै सम्पूर्ण युवाहरुको नेतृत्व गर्नु भयो । उनको यो यात्रा यतिमै सिमित रहेन । सन २०१३ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गर्नु भयो । बर्ष २०१५ मा नेपाल जेसीजको बोर्ड सल्लाहकार र बर्ष २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भई कुशल नेतृत्वकर्ताको पहिचान बनाइ सक्नु भएको छ । सबैको साथ र सहयोगले आफ्नो जित निश्चित रहने उहाँले प्रतिक्रिया दिनु भयो ।
    युवा नेता पौडेलले थाईल्यालेण्ड, मलेशिया, इन्डोनेसिया, कोरिया, चाईना, दुबई, अजरबैजान र भारतलगायतका देशहरुमा भ्रमण गरी अन्तराष्ट्रिय अनुभव बटुल्नु भएको छ । साथै अन्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान समेत बनाउनु भएको छ । साथै कार्यकारीणी उपाध्यक्ष रहेको समयमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दै जापानमा भएको जेसीआईमा सहभागिता जनाउनु भएको थियो । यति मात्र होइन सन २०१२ मा शाखा अध्यक्ष भएको समयमा उहाँले जेसीआइ नेपालको झण्डा सगरमाथाको चुचुरोमा पुर्याउनु भएको थियो । जुन जेसीजहरुका लागि गर्वको विषय बनेको थियो र इतिहाससम्म रहनेछ ।
    साथै पौडेल विभिन्न सामाजिक संघ संस्थामा पनि उत्तिकै क्रियाशिल व्यक्ति हुन् । उनले समृद्ध राष्ट्र निर्माणका लागि संवाद र सहकार्य भन्ने कार्यक्रमको नेतृत्व गर्दै आएका छन् । उनी सफल युवा व्यवसायी हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…