• काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पार्टीको विधान सबैलाई चित्त बुझाएर सर्वसम्मत रुपमा पारित गरिने दावी गरेका छन् ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले सबै केन्द्रिय सदस्हरुबाट आएको सुझाबलाई लिपिवद्ध गरेर विधान तयार गर्नुपर्ने बताए ।

    “हामीले बैचारिक सहमति गर्नैपर्छ । सबैले फरक फरक विचार नै महासमितिमा लैजाने हो भने होहल्ला र भद्रगोल मात्रै हुन्छ । त्यसैले सर्वसम्मती गर्नुपर्छ ।” खड्काले भने ।

    सरकारको दुर्गतिविरुद्ध एक हुनका लागि कांग्रेसका नेताहरु प्रतिवद्ध हुनुपर्ने खड्काले बताए । विधान संशोधनलाई नेताहरुले व्यक्तिगत स्वार्थसँग जोडेर हेर्न नहुने उनको तर्क छ ।

    सामान्य विवाद र पक्ष–विपक्ष हुनु स्वभाविक भए पनि पार्टी कमजोर हुने गरी अडान नलिन खड्काले सुझाब दिए ।

    देश र जनताप्रतिको वफादारितालाई बटमलाईन मानेर जाने हो भने मतभेदको अन्त्य हुने उनले बताए । पार्टीको नेतृत्व लिनका लागि उमेरहद लगाउनुपर्ने तर्कप्रति लक्षित गर्दै खड्काले ७० वर्षको होइन ५० वर्षको उमेरहद लगाउन सुझाब दिए ।

    महाधिवेशनबाट चुनिएर आउने भएकाले उमेरहद लगाउन जरुरी नरहेको खड्काको तर्क छ । अहिले पनि सक्षम युवाहरु अगाडि आइरहेकाले उमेरहदको आवश्यकता नरहेको उनको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…