• काठमाडौँ, १९ मङ्सिर : उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ ।

    आज हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सरस्वति क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले एक गोल गरे ।

    खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७आँै मिनेटमा थ्री स्टारका रञ्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

    त्यसपछि खेलको ३६औँ मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २–१ जित्यो । जितसँगै थ्री स्टारले लिगमा छ खेलबाट १५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँगको अङ्क दुरी तीनमा झार्न समेत सफल भएको छ । सरस्वती भने सात सात अङ्कका साथ आठौँ स्थानमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…