• देबु बानियाँ
    झापा । नेपाल जेसीजको ४५ औँ महाधिवेशन नजिकिँदै जादा शाखा अधिवशेन धमाधम हुन थालेका छन् ।
    पुष ७ गतेबाट हुने जनकपुर महाधिवेशनको पूर्व सन्ध्यामा शाखा अधिवेशन भइरहेका छन् । महाधिवेशनमा सहभागि हुन जाँदै गर्दा शाखाहरुले आफ्नो अधिवेशन समेत सम्पन्न गर्न लागेका हुन् । अन्य संस्थाहरुमा जस्तो महाधिवेशन अघि शाखा अधिवेशन गर्नु पर्ने अनिवार्यता हुँदैन । महाधिवेशन सकेर पनि शाखा अधिवशेन गर्न पाउने विधान छ । धेरै शाखाले वर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गरिसकेका छन् । जुन शाखाबाट राष्ट्रिय पदमा उम्मेदवारी दिएका छन् । ती शाखाहरुले भने महाधिवेशन सकेर मात्र गर्ने तयारी गरेका छन् । अहिले नै शाखा अधिवेशन गर्दा पछि महाधिवेशनमा असर पर्ने भएकाले पनि अहिले नगरेको देखिन्छ ।
    हालसम्म काममाडौँ, नारायणघाट, नारायणघाट महिला, पाटन, पोखरा, पोखरा महिला, बुटवल, विराटनगर लगायतका शाखाहरुले आफ्नो शाखा अधिवशेन सम्पन्न गरिसकेका छन् ।

    जस अनुसार काठमाडौँ शाखाको वर्ष २०१९ का लागि भुवन कुमार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत चयन गरिएको छ । शाखाका कार्यकारीणी उपाध्यक्षमा कैलाश श्रेष्ठ, प्रकाश श्रेष्ठ, कानुनी सल्लाहकारमा मुकुन्द दाहाल, महासचिव अनुप सुनुवार, कोषाध्यक्ष एञ्जिला खड्का, उपाध्यक्षहरुमा करुणा थापा, करिहर खड्का, श्यामकुमार घिमिरे, रोमाराज ओझा चयन भएका वर्ष २०१८ की शाखा अध्यक्ष सिनेटर इनु थापाले बताइन् ।

    यसैगरी बुटवल जेसीजको वर्ष २०१९ को अध्यक्षमा नरदेव न्यौपाने निर्वाचित गरेको छ । ४५ औँ शाखा अधिवेशनले न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा चन्द्रमणी भुषाल र उत्तम पोखरेल, उपाध्यक्षहरुमा विनोद घिमिरे, रमेश अर्याल, अमृत पाण्डे र चन्द्रकान्त डुम्रे, सह सचिव अभिष्कार खनाल, कोषाध्यक्षमा गोपाल न्यौपाने चयन भएका शाखा अध्यक्ष यामप्रसाद तिवारीले बताउनु भयो ।

    यसैगरी, नारायणगढ जेसीजको ४१ औँ शाखा अधिवेशनले विकासमान श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्ष श्रेष्ठबाहेक अन्य सबै पदमा सर्वसम्वत चयन भएको थियो । शाखाको कार्यकारीणी उपाध्यक्ष शोभाखर अधिकारी र अमर घिमिरे,उपाध्यक्षहरु राजेन्द्र भट्टराई, कपिल श्रेष्ठ, अर्जुन शर्मा र पवनचन्द्र बर्खेल, निर्देशक विनोद पन्त, मुक्तिनाथ कात्री, राजेश ढकाल र अभिनाष खनाल सर्वसम्वत निर्वाचित भएका शाखा अध्यक्ष अर्जुन अधिकारीले बताउनु भयो ।
    यस्तै विराटनगर जेसीजको वर्ष २०१९ को अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । बजगाइलाई शाखाको वार्षिक साधारणसभाबाट निर्विरोध निर्र्वािचत भएका हुन् ।
    त्यसैगरी तालिम निर्देशकमा तुलसी निरौला, कार्यकारीणी उपाध्यक्षमा विकास रौनियार र राजेन्द्र पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
    उपाध्यक्षमा अभिनास थापा, जीवन निरौला, विज्ञान बस्नेत तथा केशब बस्नेत जनसम्पर्क अधिकारीको रुपमा मनिप ओझा निर्वाचित भएको निर्वाचन आयुक्त श्याम सुन्दर पौडेलले जानकारी दिए । सो कार्यक्रमको सभापति वर्ष २०१८ को अध्यक्ष राजेन्द्र थपलिया रहेका थिए ।

    यसैगरी पोखरा महिला जेसीज वर्ष २०१९को लागि नयाँ नेतृत्व चयन गरिएको छ । शाखाको २५ औं अधिवेशन तथा ३० औं वार्षिक साधारण सभाले सपना गिरीलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।
    शाखाको कार्यकारीणी उपाध्यक्ष शोभा भुजेल, उपाध्यक्षहरुमा शरु पनेरु, सुमित्रा कोइराला, सरस्वती श्रेत्री र शोभा आचार्य, सचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा लक्ष्मी कुँवर, निर्देशक सुनिता भण्डारी, सुनिता भुजेल, प्रमिला कुँवर र सम्झना बस्नेत, कानुनी सल्लाहकार कमला शर्मा, अर्थ संकलन सभापति शोभा लक्ष्मी पौडेल चयन भएका छन् ।
    यसैगरी, पोखरा जेसीज वर्ष २०१९ का लागि अध्यक्षमा सन्तोष शाही निर्वाचित भएका छन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षमा सन्तोष ओझा, शंकर कंडेल, विनोद केसी र सन्तोष रानाभाट, निर्देशकमा सूर्यबहादुर केसी, सिरी सुनार, सुमन पहाडी र विजय कुइँकेल निर्वाचित भएका शाखाका वर्ष २०१८ का अध्यक्ष शिव सुवेदीले बताउनु भयो ।
    यसैगरी नारायणघाट महिला जेसीज वर्ष २०१९ का लागि निरु कार्कीलाई अध्यक्षमा चयन गरिएको छ । शाखाको २३ औँ वार्षिक साधारणसभाबाट कार्यकारीणी उपाध्यक्षमा गोमा लुइँटेल, अञ्जली बस्याल, अनिता श्रेष्ठ, उपाध्यक्षहरुमा हिमा श्रेष्ठ, नितु गुरुङ, मुनु गुरुङ श्रेष्ठ, कानुनी सल्लाहकारमा निर्जवी श्रेष्ठ, निर्देशकहरुमा आशा श्रेष्ठ, गौरी गुरुङ, एञ्जिला श्रेष्ठ र सहसचिवमा अस्मता श्रेष्ठ गुरुङ सर्वसम्वत निर्वाचित भएका शाखा अध्यक्ष रमा श्रेष्ठले बताउनु भयो । यसैगरी, भकुण्ढेबसी जेसीजको ८ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कृष्णप्रसाद तिमल्सिनालाई वर्ष २०१९ का लागि अध्यक्षमा चयन गरेको छ । शाखाको
    कार्यकारीणी सुदर्शन चिमरिया र रामशरण सिग्देल,
    उपाध्यक्षहरुमा विवेक गुरुङ, उत्तम सुन्दास, सुमन दाहाल र प्रमोद काफ्ले, कानुनी सल्लाहकार श्रीहरी अधिकारी, महासचिव प्रदिप पौडेल
    र कोषाध्यक्ष शिव न्यौपाने चयन भएका वर्ष २०१८ की अध्यक्ष रुकमणी सिग्देलले बताउनु भयो ।

    यता बालकोट जेसीजको अध्यक्षमा अनुपम ढुङ्गाना निर्वाचित हुनु भएको छ ।
    हालै सम्पन्न चौथो अधिवेशनबाट ढुङ्गानालाई अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा अजय श्रेष्ठ र आषिश पौडेल निर्वाचित भएका छन् । उपाध्यक्षमा मञ्जु दाहाल, लब कोइराला, प्रदिप चौधरी, देवेन्द्रराज चौधरी चयन भएका शाखाका संस्थापक अध्यक्ष रमा प्याकुरेलले बताउनु भयो । बाँकी रहेका पदमा पद हस्तान्तरणमा गरिने निर्वाचन आयुक्त समेत रहनु भएकी संस्थापक अध्यक्ष प्याकुरेलले जानकारी दिनु भयो ।

    स्मरण रहोस् ः सुचना प्राप्त भएपछि अन्य शाखाहरुको पनि सविस्तार अपडेट गर्दै जानेछौँ ।







सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…