• काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलाैराकोट राख्नुपर्ने भन्दै सार्वजनिक रुपमा भाषण गरेका छन् ।

    तत्कालीन माआेवादीले थालेको १० वर्षे जनयुद्धको बेला नेपालको राजधानी रोल्पाको थवाङमा सार्ने भन्दै सोझा रोल्पाली रुक्मेलीहरुलाई युद्ध मोर्चामा होमेका प्रचण्डले अहिले जहाँ पुग्छन त्यहि उटपट्याङ कुरा गरेर आउने गरेका छन् ।

    हजाराैंको ज्यान गुमेको र थुप्रै मानिस घाइते बेपत्ता भएको भूमि जसले छविलाल दाहालबाट पुष्पकमल दाहाल हुँदै 'प्रचण्ड' बनायो तीनै प्रचण्डले रोल्पा थवाङको नाम भुलेपछि युद्धको लक्ष प्रष्ठ बनेको छ । केहि थान प्रधानमन्त्री, सुख, शान्ति र आलिसान जीवन शैली भन्दा बाहिर निस्कन नसकेका प्रचण्डलाई रुकुम रोल्पाले खासै देख्दैन् । तर, उनले गरेका वाचा जनताको घरमा खाएको आटो ढिडोले भने सम्झन्छ नै ।

    कपिलवस्तुमा मंगलबार १० आैं कपिलवस्तु महोत्सव उद्घाटनको कार्यक्रममा बोल्दै प्रचण्डले लुम्बिनी प्रदेशको नाम र तिलाैराकोट राजधानी राख्दा आपत्ति जनाइराख्नु पर्दैन भन्दै अभिव्यक्ति मात्रै दिएनन् । उनले यसबारे आफूले सरकार, नेता तथा अन्य निकायसँग छलफल गर्ने प्रतिवद्धता समेत जनाए ।

    रोल्पाको थवाङमा माआेवादीको सांस्कृतिक कार्यक्रम हुँदा होस या डा. बाबुराम भट्टराईलाई गरिएको कारबाही फुकुवाको बेला होस् । त्यही थवाङले उनलाई सबथोक दिएको थियो । तर, जब उनी शान्तिपूर्ण राजनीतिमा छिरे । सिंहदरबारमा राजाको अवतारमा पस्न पाए । बालुवाटारको मासु भात खाए । विभिन्न शक्तिकेन्द्रका मनुवासँग भेटे । त्यही समयदेखि रोल्पाको थवाङ उनको स्मरणबाटै अलप बनेर गयो ।

    प्रचण्डकै पछाडि कुद्ने रोलपाका नेता तथा वर्तमान उर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख तथा सांसद आेनसरी घर्ति, पूर्व वाइसिएल अध्यक्ष तथा सांसद गणेसमान पुन, पूर्वमन्त्री तथा सांसद कमला रोका लगायतका थुप्रै नेताहरु प्रचण्डको यो बोली नसुने झै गरि बसेका छन् । सायद उनीहरुले समेत रोल्पाको रणभूमि थवाङ भुले की ?

    जनयुद्धको उद्गम थलो रोल्पाली जनता यतिबेला प्रचण्ड र उनको पार्टी नेकपामा बिलय भएपछि रानो बिनाको माहुरी जस्तै भएका छन् । जसले केहि गरेदेला भनेर रोल्पालीले जिताएर पठाए आज तीनै नेताहरु शक्तिकेन्द्रको आडमा शहरीया भोजमा मोज गर्न थालेपछि नेताहरुलाई रोल्पा निकट नभइ विकट हुन थालेको छ । प्रचण्ड डरलसँग बिकेपनि अरु रुकुम रोल्पाली सांसद तथा नेताहरु प्रचण्डको अगाडि सर्पले गरुडका अगाडि टिक्न नसके झै एक निमेशपनि ठाडो शीर गर्न नसक्नु आम जनताको लागि दुखद् पक्ष हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…