काठमाडौं – केपी ओली नेतृत्वको सरकार एक मन्त्रीले निर्मला हत्याबारे सनसनीपूर्ण खुलासा गरेका छन्। सरकारका प्रभावशाली मन्त्री परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटि भएको खुलासा गरेका हुन्।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेको क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो ।’
उनले थप्दै भने–‘ ‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ’
सरकारले ढिलो चाँडो जसरी भएपनि अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले वास्तविक दोषी जहाँ गएपनि सुख नपाउने भन्दै सरकारले कानुनी कटघरामा उभाएरै छोड्ने दाबी समेत गरे ।