• मौषम लिम्बु
    मोरङ—लिम्बू जातिका मानिसहरु विगत वर्षमा झै यसबर्ष पनि आफ्नो मुख्य चाँड ‘चासोक तङ्नाम’ पुश ६ गते धुमधामका साथ मनाउदैछन् । लिम्बूहरुको जातिय संस्था किरात याक्थुम चुम्लुङको आयोजनामा उक्त पर्व उत्सवका रुपमा देशभर मनाईन्छ । चासोक पर्वको अवसरमा मोरङको साविक राजघाट हाल उर्लाबारी ९ आम्बारीमा मा तिन सम्म मेलाको आयोजना हुने भएको मेला संयोजक समिर तुम्बाहाम्फे बताउछन् । पुश ६,७ र ८ गते मेला आयोजना हुने उनले बताए ।

    लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले आप्mनै शैलीमा सामूहिक रुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन् ।

    रिसराग, इष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन झ्याउ, सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङवा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् । चेलीबेटी हुक्वा आफैले बनाएको शोभित र अन्य प्रकारको चेसुङ कोसेली साथ माइतीघर आउनेजाने गर्छन् । युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ छेलो हान्ने खेल खेल्नुका साथै माछा मार्ने गर्छन् । सामूहिक रुपमा केलाङ च्याब्रङ बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ ९धाननाच० नाँच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् ।


    यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सद्धभाव, एकता र पारस्परिक सहयोगको भावना पनि विकास गरेको उर्लाबारी ९ का समिर तुम्बाहाम्फे बताउछन् । पुरानो पुस्ताका लिम्बूले आप्mनो संस्कार संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ । चासोक तङ्नाममा आयोजना हुने कार्यक्रममा गैह्रलिम्बू समुदायका मानिसहरुको पनि बाक्लो उपस्थिती रहदै आएको छ । जसले गर्दा जातिय सद्भावको विकास गराएको जानकारहरु बताउछन् । यसपर्वमा लिम्बू जातिका मानिसहरुले शुभकामना साटासाट गर्दै उत्सवका रुपमा मनाउने चलन रहेको छ ।यसपर्वले भाइचारा,आपसि सद्भाव बढाउने लिम्बूहरु बताउछन् ।

    चासोक तङ्नामको अवसरमा शुभकामना दिन मोरङको पथरीशनिश्चरेमा आउने मुख्य मन्त्री शेरधन राई भएका छन् ।
    चासोक तङ्नाम फुङ्सक उत्सबमा प्रमुख अथिति रुपमा आउने आयोजकले पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनको आयोजनामा विविध कार्यक्रम सहित ३ दिनसम्म तङ्नाम मनाइदैछ ।

    पुस ४ गते राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाङ्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ कप, बुद्धराज हाङ्गाम लिम्बु स्मृति महिला भलिबल रनिङ् कप हुदैछ । पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले ५१ हजार र उपविजेताले ३१ हजार र महिला भलिबल प्रतियोगिताको उपाधि ३१ हजार र उपविजेताले २१ हजार प्राप्त गर्ने गर्नेछन् । पुष ६ गते लिम्बूहरुको एतिहासिक लोपउन्मुख खेल पक्लुङ लेप्मा (छेलो), हप्रिङ लक्मा (लङजम), लि.तोङ आप्मा (धनुष काड) प्रतियोगिता हुने भएको छ । पुस ७ गते औपचारिक कार्यक्रम हुदैछ । विहान ९ बजे सम्म उधौली पूजा गरी ११ बजे अक्षेता भेटि जम्मा गरी प्रसाद वितरण गरिने, दिनको १२ बजेदेखि साँस्कृतिक केःलाङ, माङलाङ, येवालाङ, याराक्लाङ र हाक्पारे ख्याली प्रस्तुत हुने, सम्मान कार्याक्रम, पुरस्कार कार्यक्रम हुने सिरिजंगा बनका सचिव सन्तोष सिरेङले जनाएका हुन् । साथै गायक दिपक लिम्बूलगायतले प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    कार्यक्रममा राजकुमारी साँवा स्मृति र मनमाया तुम्बाहाम्फे सिरेङ स्मृति पुरुष भलिबल रनिङ् कप प्रतियोगिता र बुद्धराज हाङगाम लिम्बू स्मृति महिला भलिबल रनिङकप प्रतियोगिता हुने भएको छ । प्रथम पुरुष भलिबलको पुरस्कारको राशी गंगा सावा, दोस्रो पुरस्कार तेजबहादुर सिरेङ र प्रथम महिला भलिबलको पुरस्कारको पर्शुराम कार्की, दोस्रो पुरस्कारको कोपिला सिरेङले प्रायोजन गर्ने भएको छ ।
    समापन कार्यक्रममा मुख्य मन्त्री सेरधन राई, अर्थमन्त्री इन्द्र आङ्वो, चुम्लुङ केन्द्रिय उपाध्यक्ष कमल तिगेला, प्रदेश अध्यक्ष धुव्र कुमार मेयाङ्बो, प्रदेश सांसदत्रय कुसल साम्वा, कृष्णा राई, सूर्यमाराज राईलगायतको उपस्थिति रहने बताइएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…