मोरङ मंसिर १९ गते । ओख्लढुगामा स्थाइ बसोवास भएका हाल कामको सिललामा जापान बस्तै आएका कृष्ण कुमार कार्कीले मोरङको रतुवामाई नरपालिका वडा नम्वर ३ महादवामा बाढी पीडितबाट बिस्तापितका अस्खत पैचान गरि १० घर बनाइ दिने कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराए ।
२०७५ साल मंसिर २१ गते कार्कीको जन्म दिन परेकोले सोही दिनको अवसर पारेर पुर्व सेनापति रुक्माग्ङत कटुवालको हातबाट सिलन्यास गरि काम सुरु गर्ने र सो निमार्णमा करिव २० लाख लाग्ने अनुमान गरिएको बताएका छन ।
सुकुम्वासिहरुलाई यसप्रकारका घर बनाउन रतुवा माइका मेयर रविन राईले उपयुक्त ठाउमा जग्गा उपलब्द गराई सकेको पत्रकार चित्र कुमार कार्कीले जानकारी गराएका छन । पुसको २० गतेभित्रमा निर्माण सम्पन्न गरी उनीहरुलाई घर हस्तान्तरण गर्ने योजना रहेको निर्माण कार्यमा जुट्नुभएका इञ्जिनियर चुणमणी कार्कीले जानकारी दिनुभयो ।