• काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मानव तस्करी गर्ने गरेको आरोप उनकै डा«इभरले लगाएका छन् । अष्ट्रेलियाको राजधानी क्यानबारामा रहेको नेपाली राजदूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले राजदूत लक्की शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएका हुन ।

    चालक सेर्पाका अनुसार मानव तस्करीबाट आएको पैसाबाट अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेकी छिन् । ओङ्छुले लक्की शेर्पाले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग पनि रहेको दाबी गरेका छन् । लक्कीले सबै कारोबार ओङ्छुमार्फत गर्दै आएकी थिइन् ।

    ओङ्छमार्फत सिङ्गापुरका तेम्वा शेर्पाका भाई दावा शेर्पालाई अष्ट्रेलिया लैजाने भनेर १४ लाख रुपियाँ राजदूत लक्कीले लिएको दाबी गरिएको छ । लक्की शेर्पाले ५–६ जनालाई पनि अष्ट्रेलिया लैजाने भनेर मोटो रकम उठाएको उनी बताउँछन् । सन् २०१७ क्यानबरा दूतावासमा ड्राइभरको रुपमा काम गर्न पुगेका चालक ओङ्छुमार्फत नै लक्की शेर्पाले मानव तस्करी गर्दै आएको कुराकानीका बेला खुलेको छ ।

    लक्की शेर्पासँग आर्थिक विषयमा तनाव भएपछि ओङ्छले क्यानबाराको नेपाली राजदूतावास छाडेपछि वैदेशिक रोजगारमा ठगी गरेको अभियोगमा राजदूत लक्कीले ओङ्छुकी पत्नीलाई छ महिनादेखि जेलमा थुनाएर राखेकी छिन् । लक्कीको निर्देशनमा मानव तस्करीको पैसा ओङ्छुकी पत्नीको खातामा छ लाख देखिएको ओङ्छु स्वयंले स्वीकार गरेका छन् । ओङ्छुले आफूसँग पनि राजदूत लक्की शेर्पाले अष्ट्रेलियामा मानव तस्करी गरेको पैसा रहेको बताए ।

    राजदूत शेर्पा विरुद्ध ओङ्छुले अष्ट्रेलियाको फेडरल पुलिसमा मुद्धा दर्ता गराएका छन् । तर, कुटनीतिक पदको पावर लगाएर लक्की बचेको ओङ्छु बताउँछन् । मानव तस्करीमा राजदूत लक्कीले लिएको ६४ लाख रुपियाँ पनि ओङ्छुले पीडितहरूलाई तिरेका छन् ।

    तत्कालीन माओवादी केन्द्रको कोटाबाट अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस भएकी लक्कीका बारेमा संसदीय सुनुवाई हुने बेला पनि विवाद भएको थियो । उनी प्रचण्ड निकटको मानिन्छिन् । अभियान टाइम्समा खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…