• काठमाडौं ।  भारतीय भूमिहुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भेगको तापक्रम निकै घटेको छ । यूरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगलाई छोएर नेपाल भित्रिँदा एक्कासी चिसो बढेको हो ।

    मुलुकको पश्चिमी भेगबाट भित्रिएको यूरोपेली वायुले नेपालका हिमाली भेगलाई समेत छोएर फैलिँदा अहिले चिसो निकै बढेको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो । ‘अहिले यूरोपमा हिमपातले त्यसैपनि चिसो बढाइरहेको छ, त्यहि वायु विभिन्न मुलुकका हिमाली भेग हुँदै नेपाल आउँदा यहाँ एक्कासी चिसो बढ्यो’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

    तर यो आकस्मिक मौसमी गतिविधि नभएर विगतका वर्षहरु जस्तै नियमित प्रकृया भएको प्रष्ट्याउँदै उहाँले भन्नुभयो–‘अहिले पश्चिमी वायु निकै सक्रिय भइरहेको छ, उत्तरी भारत हुँदै वायु भित्रियो भने चिसो झनै बढ्छ ।’ वर्षा नभएसम्म तापक्रममा सुधार आउने संभावना नरहेको शाक्यले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि तत्काल पहाडी र हिमाली भेगको मौसममा सुधार आउने संभावना नरहेको जनाएको छ ।

    तुवालो बढिरहेको समयमा पश्चिमी वायु समेत सक्रिय भएपछि अझै २÷३ दिन मौसम खुल्ने संभावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले बताउनुभयो । ‘तत्काल पूर्ण रुपमा मौसम खुल्दैन, अहिलेको वायुले हिमाली भेगमा हिमपात गराउने उच्च संभावना छ, केही पहाडी भेगमा सामान्य वर्षा समेत हुनेछ’–उहाँले भन्नुभयो ।

    पश्चिमी वायुका कारण हिमाली र उच्च पहाडी भेगको तापक्रम माइनसमा झरेको भने काठमाडौं उपत्यकाको बुधवारको न्यूनतम तापक्रम ६ डिग्री कायम भएको महाशाखाको तथ्यांक छ । नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…