• काठमाडौं :  मंसिर– प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राजधानीमा सम्पन्न विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा आफूलाई फसाइएको दाबी गरेका छन् ।सटिमा सक्रिय सहभागिता जनाएका कारण सत्तारुढ नेकपाभित्रसमेत चर्को आलोचना भएपछि प्रधानमन्त्रीले निकटस्थहरुसँग त्यसबारे मुख खोलेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूलाई फसाएको आरोप लगाएका छन् ।

    सम्मेलनमा नेता नेपालको सक्रियता शंकास्पद थियो । ओलीका अनुसार नेता नेपालले नै ६ महिनाअघि उक्त कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए ।

    नेपालकै आग्रहमा आफूले युनिभर्सल सिप फेडेरेशन नेपालका अध्यक्ष एवं परिवार दलका नेता एकनाथ ढकाललाई भेटेको दाबी ओलीको छ ।

    ओलीलाई प्रधानमन्त्री निवासमा भेटेका नेकपाका एक नेताले दिएको जानकारीअनुसार वरिष्ठ नेता नेपालले ‘शान्ति र विकासका लागि सम्मेलन’ हुन लागेकाले सहभागी भइदिन आग्रह गरेका थिए ।

    ओलीलाई कार्यक्रममार्फत नेपालमा विदेशी पर्यटक आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्य रहेको भनिएको थियो ।

    ‘मलाई माधव नेपालजीले शान्ति र विकास उम्मेलनको उद्देश्य हो भन्नुभएको थियो’, ओलीले भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उद्देश्य राम्रै लागेर हुन्छ भनिदिएँ, पछि मात्र मलाई फसेको भान भयो ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…