• झापा । लेप्चा जातिका प्रथम कथाकार सुमन लेप्चा वाङ्चुको नयाँ गित पागल सार्बजनिक भएको छ । पुर्वी नेपालको बुद्धशान्ति ७ मा जन्मिएका गीत रचनामा पोख्त लेप्चाले लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । गायक जितेन लेप्चाले स्वर र संगीत दिएको उक्त गितको चाडै नै म्युजिक भिडियो बनाई प्रस्तुत गर्ने गतिकार सुमनले बताएका छन् । युवा पुस्तामाझ निकै लोकप्रिय अनि चर्चित गायक जितेन लेप्चाले गाएको उक्त गीत निकै राम्रो भएकोले संगीतप्रेमीले रुचाउने गीतकार लेप्चाले बताएका छन् । यता प्राय प्रेमी शब्दहरुले नै सजिएको गीतहरु गाउदै आफुलाई संगीत र गायन छेत्रमा अब्बल बनाई चिनाईरहेक गायक जितेन लेप्चाले लिरिकल गीत पनि प्रेमिल अनि माया प्रेमका भाव समाबेश रहेको हुदा उत्कृष्ट भएको बताएका छन् । फणिन्द्र राईको संगीत संयोजन रहेको उक्त लिरिकल भिडियो गायक लेप्चाको आफ्नै युट्यूव च्यानलमा रहेको छ । पर्पल रेकर्डिङ्ग स्टुडियोमा सरन चिनामले रेकर्ड गरेको यस गीतलाई मिक्सिंग भने सुमन खड्काले गरेका छन । यसअघि पनि गीतकार सुमन लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो ”बोलको गितको भिडियो पनि सार्बजनिक भईसकेको छ । जसमा झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिनुभएको छ भने संगित दिपेन याक्थुम्बाले दिनुभएको थियो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…