• झापा । विराटनगर जुनियर जेसीजको आयोजनामा जारी अन्तर विद्यालय स्तरीय टेस्टी टेस्टी हाजिरीजबाफ प्रतियोगिताको सेमीफाइनल चरण सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत सगरमाथा सकेण्डरी स्कुल, गेम्स इन्टेल, विकेभीएम, एभरेष्ट सेकेण्डरी स्कुल, शहिद स्मृति स्कुल र लिटल फल्लार्वस स्कुल फाइनलमा प्रवेश गरेका छन् ।
    बिहिवार सम्पन्न सेमीफाइनलमा खेलमा मोर्डन एरा, पोल स्टार, मालभिका, जनक स्मृति र सुबिजीमुर स्कुललाई पछि पार्दै फाइनलको उपाधी नजिक पुगेका हुन् । विराटनगर जुनियर जेसीजको हरेक वर्ष हुने यस प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका ३६ वटा विद्यालयले सहभागिता जनाएका थिए । जस अनुसार पहिलो चरणमा १२ वटा विद्यालय, दोस्रो चरणमा ६ वटा विद्यालय छनोट हुँदै फाइनलमा प्रवेश गरेका थिए ।

    फाइनल खेलका विजेता विद्यालयले क्रमश प्रथम नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार, ट्रफी र प्रमाण पत्र पाउने विराटनगर जुनियर जेसीजका अध्यक्ष मिलाप कर्णले बताए । १७ गतेबाट सुरु भएको
    प्रतियोगिताको उद्घाटन नेपाल जेसीजका वर्ष २०१८ का उपाध्यक्ष श्यामसुन्दर पौडेल मिलनेले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै विराटनगर वजेसीजका पूर्व अध्यक्ष समेत रहनु भएका पौडेलले भविष्यमा नेपाल जेसीजको प्रतिनिधित्व गर्ने युवाहरुले गरेका हरेक गतिविधिहरु उत्कृष्ट भएको बताए । उहाँले जेसीजको आधार स्तम्भ र मुख्य सहयोगीका रुपमा रहेको जुनियर जेसीजलाई हरेक समय साथ र सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । साथै उहाँले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउनका लागि आयोजना गरिएको यो कार्यक्रम उत्कृष्ट रहेको बताउनु भयो ।
    काभ्रा ग्रुप मुख्य स्पोन्सर रहेको यस प्रतियोगितामा विराटनगरका विभिन्न व्यवसायिक संघसंस्थाले सहयोग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…