• काठमाडौँ, २० मङ्सिर

    पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।

    उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो । सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ ।

    मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना औँल्याएको छ ।

    रातको समयमा पनि पश्चिमी पहाडी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका भू–भागमा आंशिक बदली रहने र पश्चिमका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोली पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…