• झापा । नेपाल जेसीजको आसन्न निर्वाचनका लागि अमिश ढकाललले कार्यकारीणी उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।
    पुष ७ गतेबाट जनकपुरमा हुने ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि ढकालले कार्यकारीणी उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।
    नेपाल जेसीज वर्ष २०१८ का उपाध्यक्ष समेत रहनु भएका ढकालले नेपाल जेसीजको अहिले भइरहेको कामलाई निरन्तरता दिएर थप उचाइमा लैजानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । ‘युवाहरुलाई थप उत्साहित बनाउँदै जेसीजमा आबद्ध गराएर व्यसायिक बनाउनु नै मुख्य लक्ष्य हो’ इभिपिका उम्मेदवार ढकालले भन्नु भयो–‘ मैले एक वर्षभित्रमा यस भित्र रहेर गरेका अनुभवलाई संगालेर वर्ष २०१८ मा नेपाल जेसीजमा भएका कामहरुलाई निरन्तरता दिएर अझ सुधार गर्दै लैजानु छ । अहिले जे जति सुधार भएको छ, त्यसलाई अझ अघि बढाउनु छ ।’
    गछिया जेसीजका वर्ष २०१४ का शाखा अध्यक्ष ढकाल जेसीजभित्र शालिन र भद्र स्वभाव भएका व्यक्तिका रुपमा परिचित छन् । पूर्व क्षेत्रका सफल व्यवसायी ढकालले जेसीजभित्र रहेर आम युवाहरुलाई व्यवसायमा उत्प्रेरित गर्दै अघि बढ्ने बताउनु भयो ।
    ‘जेसीज भनेको नै व्यवसायको अर्काे पाटो हो’ ढकालले भन्नु भयो–‘यहाँ आउँदै गर्दा जो कोही युवाहरु व्यवसायी हुन जरुरी छ । पहिले आफु आर्थिक रुपमा सक्षम हुनुपर्छ अनि मात्र सामाजिक उत्तरदायित्व पुरा गर्न सकिन्छ । समृद्ध देश निर्माणका लागि युवा व्यवसायीलाई उत्प्रेरित गर्न जरुरी छ ।’
    सन २०१४ मा गछिया जेसीजको सदस्यता लिनु भएका ढकाल यस शाखाको संस्थापक कोषाध्यक्ष हुन् ।
    २०१६ मा कार्यकारीणी उपाध्यक्ष हुँदै वर्ष २०१७ मा शाखाको अध्यक्षको जिम्मेवारी बहन गर्नु भएको थियो । गत साल भैरहवामा भएको ४४ औँ महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएका ढकालले एक वर्षमा गरेको अनुभवलाई काम गर्ने अवसरका रुपमा लिनका लागि पनि २०१९ का लागि कार्यकारीणी उपाध्यक्षमा आफ्नो उम्मेदवारी हरको बताउनु भयो । मोवाइलको इम्पुट र अक्सपोर्टको व्यवसाय गर्दै आउनु भएका ढकाल आगमी दिन युवाहरुलार्य थप व्यवसायी बनाउँदै लैजाने बताउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…