• कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको न्यायका लागि भन्दै फेरी नागरिक संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार पहिलो चरणको आन्दोलन सकेर संघर्ष समितिले शुक्रबारदेखि एकहप्ने आन्दोलनमा कार्यक्रम घोषणा गरेको हो ।

    नागरिक संघर्ष समितिका सदस्य एव अधिकारकर्मी शारदा चन्दले निर्मलाले न्याय नपाएका कारण पुनः आन्दोलित भएको बताए । उनका अनुसार शुक्रबार मुखमा सेतोपट्टी बाँधेर प्रशासनको मुल गेटमा धर्ना दिने, शनिबार सार्वजनिक यातायातका सवारी साधनमा निर्मलाका पोष्टर टाँस्ने, आइतबार आँखामा पट्टी बाँधेर प्रशासन अगाडी उभिने, सोमबार परालको निर्मलाको शव बनाएर प्रशासनमा प्रर्दशन गर्ने निर्णय भएको छ ।

    मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालय गेटमा शव प्रर्दशन गर्ने, बुधबार बिहानै शुभप्रभात फेरी गरि होम गर्ने र बिहीबार नागरिक संघर्ष समितिको बैठक आब्हान गरेर अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…