• बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागी नवज्योति युथ क्लब जयपुर र आयोजक भोटेटार क्लब भिड्ने भएको छ ।



    आज भएको दोस्रो सेमीफाइनलमा कुटिडाँडा इलामलाई ४।१ ले हराउँदै नवज्योति युथ क्लब जयपुरले उपाधिका लागी आयोजक भोटेटार सँगको भेट पक्का गरेको हो । यसअघि हिजो भएको पहिलो सेमीफाइनलमा आयोजकले खुदुनाबारी स्पोटिङ क्लबलाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    भोटेटारको खेल मैदानमा शनिबार हुने उपाधि भिडन्त दिउँसो २ बजे हुने आयोजक भोटेटारका सचिव गजुहाङ योङहाङले जनाएका छन् ।



    त्यसैगरि उपाधि भिडन्त अघि सहप्रायोजक बुधबारे जेसीज र हचुमासा सामुदायिक वन उपभोक्ता समितिको शो म्याच हुने जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैँया र उपविजेताले नगद २० हजार रुपैँया सहित शिल्डकप र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…