• काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै पार्टीका ठूला नेताहरू रिसाएका छन् । पार्टी र पार्टीका नेताहरूलाई फसाउने गरेर नेता नेपालले गतिविधि गरेपछि नेकपाका नेताहरू नेपालसँग रिसाएका हुन् ।

    स्रोतका अनुसार नेता नेपाललाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुहार हेर्न पनि चाहेकौ छैनन् । नेपालका कारण नेकपाका नेताहरू अहिले रुष्ट बनेका छन् । काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई लिएर नेता नेपाल विवादमा परेका छन् ।

    नेपालले विवादस्पद भूमिका निर्वाह गरेको र क्रिश्चियन धर्म विशेषलाई प्रचार गरेको भनेर चौतर्फी विरोध र आलोचना भैरहेको छ । प्रवक्ता श्रेष्ठले नेता नेपालका गतिविधिलाई रुचाएका छैनन् ।

    समिटमा सरकारलाई सहभागी गराएर नेता नेपालले फसाएको भन्दै श्रेष्ठले आक्रोश पोखेका छन् । उनले तत्काल विशेष बैठक बोलाएर यसबारेमा छानबिन हुनुपर्ने पनि माग गरेका छन् । नेता नेपालले क्रिश्चियन धर्म प्रचारका लागि भूमिका खेलेको आरोप छ । नेता नेपालको सम्पत्ति र उनको को–कोसँग कनेक्सन छ भनेर छानविनको माग नेकपाभित्र उठेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…