• काठमाडाैं । उपप्रधानसहित दुई मन्त्रालय सम्हालेर सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने भएको निश्चित छ ।

    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आेली नेतृत्वको सरकार ढाल्ने अर्का अध्यक्ष प्रचण्डको रणनीतिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हालेमालो गर्न सरकारबाट बाहिरिन लागेको स्रोतको दावी छ । सरकार ढाल्ने खेलमा अहिले एक्लिदै गएका नेकपाका नेता झलनाथ खनाल समेत सक्रिय ढंगले लागेका छन् । नेता खनाल आेलीसँग रिस साँध्न सरकार गिराएरै छाड्ने प्रतिवद्धता चिनियाँ राजदुत मार्फत चीनको सरकारी उच्च निकायसम्म लैजान दुतावास समक्ष अनुरोध गरेको स्रोतले जनाएको छ ।

    चिनियाँ राजदुतसँगको गोप्य भेलापछि जागरुक बनेका प्रचण्डलाई साथ दिन पुगेका मन्त्री यादवले संविधान संशोधनको मुद्धालाई लिएर सरकारबाट बाहिरिने योजना बनाएको नेकपा निकट एक नेताले जनाए ।

    युनिफिकेसन चर्चको कार्यक्रममा ज्यान फालेर लागेका प्रधानमन्त्री आेली र माधव नेपालको कुनै भरोसा छैन भन्दै चिनियाँ राजदुतले प्रचण्डलाई बोलाएर सरकार निर्माणबारे रोडम्याप तयार पारेको खुल्न आएको छ ।

    मन्त्री यादवले सरकारबाट बाहिरिन संविधान संशोधनको मुद्धा लिएर जाने बताइएपनि सरकारबाट बाहिरिनुको रहस्य भने बेग्लै रहेको नेकपा निकटका एक मन्त्रीले जनाएका छन् । उनले भने, हिजोको मन्त्रीपरिषद वैठकमा प्रधानमन्त्री सँग उहाँको बोलाबोल भएको छ । उपेन्द्र जीको संकेत अन्त कतै थियो तर, सरकारी अस्पतालमा बेड थपाै भनेर बखेडा झिक्न खोज्नु भो ।

    आेली नेतृत्वको सरकार गिराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन चीन विभिन्न शक्तिकेन्द्रको प्रयोग गरिरहेको समेत स्रोतको दावी छ । चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि वर्तमान मन्त्री यादवलाई समेत गृह या परराष्ट्रमन्त्रालयको जिम्मेवारी दिने सहमति गरेर अगाडि बढ्न सल्लाह दिएपछि सरकार गिराउने खेलको सुरुवात भएको हो । उसो त चीनले इसाई धर्मालम्बीलाई आफनो देशमा कैदी बनाएर विभिन्न स्थानमा राखेको विदेशी संचार माध्यमले समेत जनाउँदै आएका छन् ।

    नेपालमा भारतीयको प्रभाव बढ्दै गएको र क्रिश्चियन धर्मको प्रचार हुने विवादीत कार्यक्रमले चीनमा रहेका इसाई धर्मालम्बीहरुले बखेडा झिक्ने भन्दै चिनियाँहरु डराएका हुन् । सोमबारको मन्त्रीपरिषदमा मन्त्री यादवले प्रचण्डको सन्देश पाएसँगै विवाद सुरु गरेका थिए ।

    सरकारले पछिल्लो समय विवादीत काममा धेरै चासो र महत्व दिन थालेको निष्कर्षमा पुगेको दुतावास स्रोतले फोरमलाई सरकारबाट बाहिरिन आदेश दिएपछि यादवले सरकारलाई दिएको समर्थन फिर्ताका साथै सरकारबाट बाहिरिने तयारी थालेको स्रोतको दावी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…