•  

    उर्लाबारी मंसिर २०

    मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवालको बेलायती पत्रिकाको अनलाइन ‘डेली मेल डटकम’ले लामो समाचार बनाएसँगै उनको चर्चा विश्वमाझ भएको छ ।

    स्थानीय एक विद्यालयमा स्कुल बस सहचालक रहेका उनी केही महिनायता युट्यूवमो चर्चामा थिए । उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

    जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । पहिलोपटक युवामन नेपाल युट्यूव च्यानलले उनको अद्भुत क्षमतालाई बाहिर ल्याएको थिए । युवामन नेपालका पत्रकार किसोर श्रेष्ठको पहलमा काठमाण्डौ पुगेका उनले चर्चित टेलिसिरिएल मेरी बास्सैमा पनि अभिनय गरेका छन् । पछिल्लो चर्चाले आफ्नो ‘गिनिज बुक’मा रेकड राख्ने उदेश्य पुरा हुने अपेक्षा बढेको पनि उनले बताएका छन् । पारिवारीक अवस्था नाजुक रहेका उनी कमाएर बुबाको उपचार गर्ने लक्ष्य रहेको बताउँछन् । उनले देश विदेशमा रहेका नेपालीहरु माझ आफ्नो कला देखाउने चाहना रहेको बताउँछन् ।

    एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।यज्ञबहादुरको बारेमा डेली मेलले लामो समाचार बनाएर सम्प्रेषण गरिदिएपछि उनको चर्चा थप बढेको छ ।

    https://www.youtube.com/watch?v=Ht04w9KVIjI

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…