काठमाडौं, २० मंसिर । लेटाङ निवासी कभर गायक प्रकाश रार्इले सडकमा गीत गाएर संकलन गरेको रकमले वालवालिकालाई न्यानो कपडा सहयोग गरेका छन् । उनले पशुपति मन्दिर काठमाडौंमा रहेका २० जना निम्न परिवारका वालवालिकालाई न्यानो कपडा सहयोग गरेका हुन् । राईले बालबालिकाहरूको लागी न्यानो कपडा जुटाउने उद्देश्यले पूर्वका विभिन्न शहरमा गीत गाउदै हिडेका थिए। उनी एक्लै पूर्वका दमक, विर्तामोड, बिराटचोक लगायतका शहरमा सांगीतिक प्रस्तुती दिदै आर्थिक गर्न सफल भएका थिए । सुरुवाति दिनमै गायन क्षेत्रबाट यस्तो सहयोग गर्न थालेका उनले आगामि दिनमा पनि सहयोग गर्दै जाने बताए । सहयोग गर्न पाउदा खुशी लागको बताउदै सहयोगी सबैमा धन्यवाद प्रकट गरे । उनी कभर गीत गाएर चर्चामा छन् ।