• हरि कोइराला

    लेटाङ(मोरङ) २० मङ्सिर । उत्तरी मोरङको वारङ्गीस्थित ऐतिहासिक वराह मन्दिरको संरक्षणका लागि लेटाङ नगरपालिकाले ६ लाख रुपियाँ विनियोजन गरेको छ ।
    निरन्तर खबर डटकमले संरक्षणको पर्खाईमा बराह मन्दिर शीर्षकमा समाचार छापेको थियो ।समाचार छापिएपछि नगर प्रमुख शंकर राईले मन्दिरको ब्यस्थापनका लागि यसै वर्षको बजेटबाट ६ लाख रुपियाँ विनियोजन गर्नु भएको छ भने वडाले १ लाख रुपियाँ छुट्याएको छ ।
    हाल लेटाङ नगरपालिका वार्ड नं. ७ मा रहेको मन्दिरमा कहिलेबाट पूजा आजा हुन थाल्यो स्थानीय बुढापाकालाई पनि थाहा छैन । लेटाङ–७ समलाका धर्मप्रसाद राईले भन्नुभयो–‘म ६९ वर्षको भएँ । मैले थाहा पाउँदा देखि मङ्सिरे पुर्णिमामा त्यहाँ मेला लाग्थ्यो । वराह मन्दिर वर्षमा एक पटक मात्र मङ्सिरे पुर्णिमाको दिन खुल्ने गर्छ ।मन्दिरमा कुनै भगवानको मुर्ति छैन । वराह(बँदेल)को प्रतीक देखिने ढुङ्गाको प्रतिमा राखिएको छ । यस मन्दिरलाई वराहक्षेत्रको शीर मान्ने गरिन्छ ।

    मोरङका मात्र होइन , मङ्सिरे पुर्णिमाको दिन धनकुटा,पाँचथर र इलाम देखिका धर्मानुरागीहरू वराह मन्दिर दर्शन गर्न पुग्ने गर्छन ।वाराङ्गी चार जिल्लाको संगम स्थल पनि हो ।तर, मन्दिरमा लिम्बू जातिको खजुम थरकाले प्रवेश गर्नु हुँदैन । स्थानीय ८० वर्षीय मैतबहादुर खजुमका अनुसार वाराही मन्दिर परिसरमा पुगेमात्र पनि अनिष्ट सुरु हुन्छ । नजानेर त्यहाँ पुग्दा पनि वाराह भगवानले धेरै दुख दिएको मैतबहादुर आफैले भोग्नु भएको छ । उहाँले भन्नुभयो –उहिल्यै बराह भगवान बँदेलको अवतार लिएर कुनै खजुम थरका लिम्बूको भान्छामा छिरेका थिए रे । भान्छामा बँदेल पसेपछि शिकार गर्न खप्पिस ति खजुम युवाले तीरले हानेर बँदेललाई मार्दा बँदेल रगत पक्षे भयो । तर, मासुु खान ब्ाँदेलका खोजि गर्दा रगत पक्षे भएको ठाउँमा बँदेल नभई ढुङ्गा भेटियो । बँदेललाई खजुमहरूले मार्ने चेष्टा गरेकोले बराहबाट श्राप दिएको जन विश्वास अझै कायमै छ ।

    वुढापाका मात्र होइन, अनिष्ट हुने डरले अझै पनि खजुमहरू मन्दिरमा प्रवेश गर्दैनन । स्थानीय युवा सन्तबहादुर खजुमले भन्नुभयो–किंबदन्ती भएपनि आज सम्म कुनै खजुम दाजुभाईले वाराही मन्दिर दर्शन गरेको जानकारी छैन । तर,मन्दिर संरक्षणमा स्थानीय सरकारले खासै सहयोग नगरेको स्थानीयको गुनासो छ । स्थानीय ६२ वर्षीय वीरलाल राईले भन्नुभयो –मन्दिरको प्रचार छैन । संरक्षण हुन सकेको छैन ।
    लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले भरखर सडक सञ्जाल बिस्तार भएकाले अब वाराही मन्दिर लगायत उत्तरी मोरङका धार्मिक स्थललाई पर्यटकीय गन्तब्य बनाउन बृहत्तर योजना सुरु गरेको बताउनु भयो । मोरङ भने पछि सबैले सुगम,शिक्षित र सम्पन्न जिल्ला बुझ्छन् । तर यस नगरपालिकाका धेरै गाउँमा बिजुली पुगेको छैन । ४ घण्टा हिडेर विद्यालय जानु पर्ने अवस्था छ । उहाँले मन्दिरलाई पर्यटकीय गन्तब्य बनाई वारङ्गीमा होमस्टे को ब्यवस्था गर्ने बताउनु भयो ।
    वारङ्गी उत्तरी मोरङको अलैंची,अम्लिसो, तेजपात, अदुवा र चिया निर्यात गर्ने गाउँ हो । वाह्रै महिना चीसो हुने वारङ्गी सुगम जिल्लाको दुर्गम गाउँ भएकै कारण पछि परेको वडाध्यक्ष नगेन्द्र लिम्बूले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…