• २० मंसिर, काठमाडौं । गायिका मेनुका पौडेल भारतीय रियालिटि शो ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी छन् । पौडेलले फेसबुक मार्फत कार्यक्रमबाट बाहिरिएको जानकारी दिएकी हुन् ।

    उनले फेसबुकमा लेखेकी छन, ‘टप ११ सम्म आइपुग्नु मेरो लागि धेरै ठूलो गर्वको कुरा हो अर्को साल फेरि यो कार्यक्रममा आउनु पर्छ भन्ने लागेको छ, आज झापा आउदै छु भोलि काठमाडौँ आइपुग्छु । अड्किएका यति धेरै काम हरू अब हामी फटाफट सुरु गर्ने छौ आशा छ की यहाँहरु को माया साथ आशिर्वाद सधैँ रहने छ ।

    मेनुका ‘सारेगमप’ मा जाने पहिलो नेपाली कलाकार हुन् । उनलाई पहिलो प्रस्तुतिमा राम्रो प्रतिक्रिय मिलेको थियो । संगीतकर्मी तथा सारेगमप का निर्णायक वाजिद खानले मेनुकाको गायकीको प्रशंसा गरेका थिए र मेनुकालाई मेगा अडिसनमा लैजाने निर्णय सुनाएका थिए । यस्तै अर्की सोना मोहापत्राले पनि उनले गीतलाई अनुभूत गरेको र उनको संगीतको परिपक्कताको प्रशंसा गरेकी थिइन् ।

    निर्णायक शेखर रभजानीको आँखामा मेनुकाको प्रस्तुतीपछि आँशु झारेका थिए । तीनजना नै निर्णायकले उनलाई मेगा अडिसनको लागि बोलाएका थिए । प्रस्तुती पछि उनलाई जुरी मेम्बरले १०० प्रतिशत नै अंक दिएका थिए ।

    मेनुका नेपाल आइडलको पहिलो सिजनकी सहभागी हुन् । उनी नेपाल आइडलमा पनि टप ११ बाट बाहिरिएकी थिइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…