• देबु बानियाँ
    झापा । नेपाल जेसीजको जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि बिहिवार साँझसम्ममा ५१ वटा शाखाका ५ सय बढीले शाखा रजिष्ट्रेशन गरेका छन् ।
    पुष ७ गतेबाट हुने ४ दिनसम्म सञ्चालन हुने महाधिवेशनका लागि धमाधम शाखा रजिष्ट्रेशन गरिरहेका छन् । आथित्यता शाखा जनकपुर जेसीजले बैंकिङ सिस्टमबाट ६ महिना अघिबाट रजिष्ट्रेशन खुल्ला गरेको थियो । पछिल्लो एक सातामा रजिष्ट्रेशन गर्ने शाखा ह्वातै बढेका छन् । व्यवस्थित बसाई र महाधिवेशनलाई सहज बनाउने लक्ष्यका साथ गरिएको यो अभियानले सबै पक्षलाई सहजता बनाउने महाधिवेशनका उप निर्देशक मनिष रमन शाहले बताउनु भयो ।
    देशभरका १ सय ४२ शाखाका करिब २२ सय सहभागि हुने महाधिबेशनको मुख्य चुनाती भनेको बसाइ व्यवस्थापन हो । जसलाई सहज बनाउन शाखाले यो प्रक्रियालाई अघि बढाएको शाखा अध्यक्ष जितेन्द्र महासेठले बताउनु भयो ।
    जनकपुर क्षेत्रमा करिब १८ सय क्षमता भएका होटल मात्र छन् । बेलैमा शाखा रजिष्ट्रेशन गरेमा होटलको नाम र होटलको कोठा नम्बरसहित सम्बन्धित शाखालाई उपलब्ध गराउँदै आएको आभाव व्यवस्थापन समितिका संयोजक शंकर शाहले बताउनु भयो ।
    रजिष्टे«शनका लागि आथित्यता शाखाले राष्टिय बाणिज्य बैक र मेगा बैंकमा रकम जम्मा गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नका लागि खाता नम्बर १२२०००६६७००१ र मेगा बैंकमा जम्मा गर्ने शाखाका लागि खाता नम्बर ०२६००१०१२६४०४ रहेको संयोजक शाहले बताउने भयो । अहिलेसम्म रजिष्ट्रेशन भएका शाखाहरुको होटल र कोठा नम्बरसहित यहाँ राखिएको छ । 
    यसैगरी, ६ महिनादेखि खुल्ला गरिएको बैङकिङ रजिष्ट्रेशन पुस १ गतेसम्म रहनेछ । पुष १ गतेबाट बैंकिङ रजिष्टे«शन बन्द गरिने महाधिवेशनका निर्देशक सन्तोष शाहले बताउनु भयो । बिहिवार बसेको आथित्यता शाखाको बैठकले पुष १ गतेबाट बन्द गर्ने निर्णय गरिएको निर्देशक शाहले बताउनु भयो । उहाँका अनुसार त्यसपछिका दिनमा शाखाहरुले जन कपुरमै आएर रजिष्ट्रेशन गर्नु पर्नेछ । यसले गर्दा पनि सहज बनाउनका लागि छिट्टै शाखा रजिष्ट्रेशन गर्न उहाँले आग्रह गर्नु भयो ।

    नोटः जनकपुरमा शाखालाई बुक गरिएका केही होटलहरु समेत राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…