• रतुवामाई । आज बाला चर्तुदर्शीका दिन मोरङको रतुवामाई नगरपालिका वडा नं १० मा रहेको गोपेश्वर शिव मन्दिर व्यवस्थापन समितिले एक भव्य कार्यऋम गरि चौरास समुदघाटन गरेको छ । कार्यऋमका प्रमुख अतिथि श्री १०८ दिना बन्धु शास्त्री गुरू महाराजले बिधिवत रूपमा उदघाटन गर्नु भयो । गोपेश्वर शिव मन्दिरलाई धामको रूपमा बिकास गर्दै मानब चोलामा ब्रहमत्वको मार्ग अवलम्बन गर्ने उदेश्यले चौरास निर्माण गरिएको र यो चौरास नेपालको छैटौ र प्रदेश नं। १ को दोश्रो रहेको मन्दिर व्यबस्थापन समितिले जनाएको छ ।

    बिभिन्न भक्तजनहरूको सहयोगमा करिब ३५ लाख बराबरको लागतमा तथा अन्दाजी ४ लाख बराबरको भक्तजनकै श्रमदानमा चौरास निर्माण गरिएको हो । सो चौरास उदघाटन कार्यऋममा चौरास निर्माण कार्यमा निशुल्क श्रमदान गर्ने मान बहादुर श्रेष्ठ,राम बहादुर श्रेष्ठ,छत्र बहादुर श्रेष्ठ ,पहल मान श्रेष्ठ लाई दोशल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै पञ्चेश्वर मन्दिरदाता सिताराम न्यौपाने तथा राधादेवी न्यौपाने,चौरास परिसरमा आवश्यक पञ्चदेव तथा पञ्चेश्वर महादेवको मुर्तिदाता उर्लाबारी ९ निवासी जीतबहादुर पौडेललाई दोशल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो ।

     

    सो कार्यऋममा बिशिष्ट अतिथि अष्ठादशह महापुराण ज्ञान व्यासाचार्य पंण्डित श्री भानु कोईराला,दमयन्ता चुडाल तथा अतिथि जयधर्म आचार्य,विनोद पोखरेल,उद्वब कार्की लगायतले मन्तव्य राख्नु भएको थियो । मन्दिर सञ्चालक समितिका सह सचिव देवी प्रसाद सुवेदीले स्वागत मन्तब्य राखेको कार्यऋमको सभापतित्व मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कर्ण प्रसाद सुवेदीले गर्नु भएको थियो । कार्यऋमको सञ्चालन पुर्व सह सचिव जित बहादुर न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रममा झाकी नृत्य समेत प्रस्तुत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…