• झापा । सौराह जेसीज र सौराह महिला जेसीजको वर्ष २०१८ को जेसीज सप्ताह सम्पन्न भएको छ ।
    गएको शनिवार सौराह जेसीजका संस्थापक अध्यक्ष सरद श्रेष्ठले उद्घाटन गर्नु भएको सप्ताह ४ दिन विभिन्न कार्यक्रको आयोजना गरी सम्पन्न भएको हो । उद्घाटनको अवसरमा नेपाल जेसीजकी कार्यकारीणी उपाध्यक्ष रश्मि शिल्पकारले एमसि सम्बन्धि तालिम समेत प्रदान गर्नु भएको थियो । साथै साँझ एड्स दिवसको अवसरमा दीप प्रज्जवलन समेत गरिएको थियो ।
    सप्ताहको दोस्रो दिन गैडाँ चोक र हात्ती चोकमा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरी जेब्रा क्रस समेत निर्माण गरिएको थिए । स्थानीय ट्राफिक प्रहरीको सहयोगमा उक्त जेब्रा क्रस निर्माण गरिएको थियो । यसैगरी तेस्रो दिन अपाङ्ग दिवसको अवसरमा स्थानीय चितवनमा रहेका फरक क्षमता भएका दृष्टिबिहिन बालबालिकालाई खाना खुवाएर आपाङ्गता दिवस मनाइएको सौराह महिला जेसीजकी अध्यक्ष सुजता विष्टले बताउनु भयो ।
    चौथो दिन सौराहको हात्ती चोकदेखि बाघ चोकसम्मको क्षेत्रमा दुबै आयोजक शाखाका सदस्यहरुको सहभागितामा नगर सरसफाइको आयोजना गरी जेसीज सप्ताह सम्पन्न गरेको सौराह जेसीजका अध्यक्ष हरि दाहालले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…