• देबु बानियाँ
    झापा । नेपाल जेसीजको महाधिवेशनका लागि आथित्यता शाखा जनकपुर जेसीजले विभिन्न उपसमिति बनाएर महाधिवेशनलाई सम्पन्न गर्ने तरखरमा छ । शाखाका पूर्व अध्यक्ष सन्तोष शाहको नेतृत्वममा रहेका विभिन्न उपसमितिले पुष ७ गतेबाट हुने ४५ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य र सव्य रुपमा सम्पन्न गर्न अहोरात्र लागि परेका छन् ।
    निर्देशक सन्तोष शाहसँग दुई जना उप निर्देशक रहेका छन् । जसमा मनिष रमन शाह र लक्ष्मीनारायण शाह रहेका छन् ।
    यी दुई उप निर्देशक अन्तरगत विभिन्न उपसमिति निर्माण भएका छन् ।
    वर्ष २०१८ का शाखा अध्यक्ष जितेत्द्र महासेठ महाधिवेशन अध्यक्ष, महासचिव तुलसी पञ्जियार महाधिवेशन महासचिव, कोषाध्यक्ष अभिषेक चौधरी महाधिवेशन कोषाध्यक्ष रहने छन् । यसैगरी, निर्मलकुमार चौधरी महाधिवेशनको प्रमुख सल्लाहकार रहेका छन् ।
    रामकिशोर शाहले खानाको व्यवस्थापन गर्दैछन् भने शंकर शाहले आउने अतिथिलाई सुविधा युक्त बस्ने व्यवस्थापन अर्थात आवासको व्यवस्थापन गर्दैछन् । ललितकुमार शाह आर्थिक व्यवस्थापनमा जोडतोडले लागेका छन् । शाह जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । महाधिवेशन सम्पन्न गर्नका लागि महत्वपूर्ण पक्ष भनेकै आर्थिक पाटो । जसको नेतृत्व ललितकुमार शाहले गरेका छन् ।

    यसैगरी, विजयकुमार शाह जुनियर जेसीज र आइटी सम्बन्धिको व्यवस्थापनमा छन् । सुधिर पञ्जियार मनोरञ्जन तथा सुरक्षा व्यवस्थापन गर्दैछन् । सुदिप कोइराला स्मारिक सम्पादन मण्डलमा रहेर महाधिवेशनका लागि स्मारिका प्रकाशन गर्न तल्लिन रहेका छन् । नशिर अहमद महाधिभवेशनको उद्घाटन, समापन, हल व्यवस्थापन र इलोक्ट्रोनिक्स पक्षको व्यवस्थापक रहेका छन् ।  प्रमोदकृष्ण शाह महाधिवेशनमा सहभागि हुनेलाई किट व्याग, अतिथिको मायाको चिनो र स्थानीय प्रर्यटकीय क्षेत्रको भ्रमण व्यवस्थापनमा रहेका छन् । सञ्जयप्रसाद शाह उद्घाटनको भोलिपल्ट हुने शान्ति पद यात्राको तयारीमा छन् । जनकपुरको संस्कृति झल्कने गरी उक्त शान्ति पदयात्राको व्यवस्थापनमा उनी लागेका छन् । प्रमोदकुमार चौधरी ४ दिनसम्म अतिथितको स्वागत तथा सत्कारमा सक्रिय रहनेछन् ।
    यसरी, विभिन्न उपसमितिको जिम्मेवारी लिएर महाधिवेशनलाई सहज रुपमा भव्य तरिकाले सम्पन्न गर्ने तरखरमा रहेका यस क्षेत्रका हस्तिहरुको यो भूमिका र जिम्मेवारीले थप उत्साहित बनाएको छ । उप समितमा रहेका संयोजकहरुले आ आफ्नो समितिमा अरु सदस्यहरु पनि चयन गरेर कामको बाडफाँड गरेका छन् । जसले संयोजकले मात्र काम गर्नु पर्छ भन्ने मान्यतालाई हटाउनेछ ।
    सबैको जिज्ञासा र कौतुहलताको विषय रहेको जनकपुर महाधिवेशनलाई ऐतिहासिक महाधिवेशन बनाउने तयारीमा छन् उनीहरु । यहाँ आउने अतिथिलाई कुनै पनि कुराको कमि हुन नदिने प्रणका साथ लागेका छन् ।
    माथि उल्लेख गरिएका महासचिव र कोषाध्यक्ष बाहेक सबै संयोजकहरु जनकपुर जेसीजलाई कुशल नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरु हुन् । सुदिप कोइराला निवर्तमान अध्यक्ष हुन् । जस मध्ये पनि निर्देशक सन्तोष शाह नेपाल जेसीजका पूर्व कोषाध्यक्ष, निर्मल चौधरी पूर्व राष्ट्रिय उपाध्यक्ष र ्मनिष रमन शाह पूर्व कार्यकारीणी उपाध्यक्ष र पूर्व कोषाधयक्ष पदमा रहेर नेपाल जेसीजमा प्रतिनिधित्व गरिसकेका छन् । यस अघि ३ पटक महाधिवेशन गरेका यस शाखाले वर्ष २००३ मा सम्पन्न भएको महाधिवेशनका अध्यक्ष सन्तोष शाह यस वर्ष निर्देशकको जिम्मेवारी पाएका छन् ।

    महाधिवेशनमा विभिन्न पदको नेतृत्व गरेका व्यक्तिहरुको (फोटो फिचर सहित)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…