• काठमाडौं यतिबेला धेरैको कौतुहलता भोलि चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदारको रुपमा प्रतिस्पर्धामा छिन्।

    प्रतियोगिताको नतिजा भोलि सार्वजनिक हुनेछ, तर त्यसअघि नै लाखौं नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन्।

    विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मवल उच्च राख्न सुझाव दिएका छन्। ट्वीटरमा सुशील रानाभाटले लेखेका छन्, “यसले केही फरक पार्दैन की शृङ्खलाले उपाधि जितुन् वा नजितुन्। उनले लाखौं नेपालीहरुको मन जितिसकेकी छन् र नेपाललाई विश्व सामू चिनाइसकेकी छन्। उनी अहिल्यै मिस वर्ल्ड भइसकेकी छन्। र, पनि शुभकामना।”

    सम्झना घिमिरेले भनिन्, “अगाडि बढ शृङ्खला र उपाधि लिएर नेपाल आउ।”

     

    शृङ्खलाको भावी यात्राको लागि समेत कतिपयको सुझाव छ।

    हंश जोशीले लेखेका छन्, “जसरी अहिले तपाईँलाई जिताउन सारा जनता लागिपरेका छन्, त्यसरी नै भोलिका दिनमा नेपाल र नेपालीसंगै रहेर काम गर्नु। सफलतापछि आफू मात्र बन्ने प्रवृत्तिको अन्त्य गर्नु। अग्रिम शुभकामना।”

    बुबा आमाको साथमा शृंखला खतिवडा
    शृङ्खलाको हौसला बढाउन उनका आमा र बुबा पनि चीन पुगिसकेका छन्।

    भोली अन्तिम दिन हो।

    नेपाली समर्थकहरूको उर्लिंदो भीडको अपेक्षा देखिन्छ, भारतीय विश्व सुन्दरी मानुसी छिल्लारले मुस्कुराउँदै शृङ्खलाको शिरमा चम्किलो ताज पहिराउन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…