• काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

    अहिले केन्द्रीय कार्यसमितिको बैठकमा विधान संशोधन मस्यौदा माथि छलफल चलिरहेको छ । काँग्रेसभित्रको गुटबन्दीले पार्टी थला परेको छ ।

    पार्टीका नेताहरु विधान र चरित्र विपरीत एकअर्का विरुद्ध जाइलाग्ने गरेका छन् । काँग्रेसमा नेतृत्वलाई जे गर्न पनि छुट रहेको जानकारहरुले बताएका छन् ।

    खासगरी काँग्रेसमा उमेरको हद कति भन्ने टुङ्गो नलाग्दा वृद्ध नेताहरु नेतृत्व हत्याउन क्रियाशील देखिन्छन् । काँग्रेसमा सभापति शेरबहादुर देउवा ७३ वर्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगे पनि अभैm १४ औँ महाधिवेशनमा नेतृत्वमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छन् ।

    काँग्रेस केन्द्रीय समितिको बैठकमा अहिले फेरि ७० वर्ष काटेकालाई अवकाश लिन दबाब शुरु भएको छ ।

    केही समय अगाडि गगनकुमार थापा, धनराज गुरुङ्ग, चन्द्र भण्डारी, एन।पी। सावदलगायतका युवा नेताहरुले उमेर हद कायम गर्न जोड दिएका थिए ।

    अहिले काँग्रेसमा दोस्रो पुस्ताका अधिकांश नेताहरु ७० को वरिपरी छन् । कृष्णप्रसाद सिटौला, शेखर कोइराला र रामशरण महत लगायतका नेता ६८ वर्ष नाघिसकेको समाचार स्रोतले जानकारी दिएको छ ।

    त्यसबाहेकका अन्य नेताहरु पनि ६० वर्ष माथि रहेको बताइन्छ । काँग्रेसमा उमेरहद कायम भए बुढा नेताहरुलाई तनाब उत्पन्न हुने काँग्रेस वृत्तमा चर्चा छ नयाँ विर्मशमा उल्लेख छ ।

    काँग्रेसमा ७० वर्षसम्मलाई युवा नै ठान्ने प्रवृत्तिले पार्टीले गति लिन नसकेको जानकारहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…