• मंसिर २२,- चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । एक महिनादेखि विभिन्न विधामा भैरहेको प्रतियोगिताका स्पर्धामा १ सय १८ मुलुकका सुन्दरीले सहभागीता जनाएका छन् । प्रतियोगितामा सहभागी हुन चीन पुगेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाले दुई वटा महत्वपूर्ण स्पर्धामा जित हासिल गर्दै अन्तिम ३० मा स्थान बनाएकी छिन् । आजको अन्तिम प्रतिस्पर्धामा अन्तिम १५ पछि अन्तिम ५ को छनोट गरी उपाधि घोषणा गरिनेछ ।

     

    श्रृंखलाले मिस वल्र्डको ब्यूटी विथ अफ पर्पस अवार्ड जितेकी छिन् । सन् २०१३ मा ईशानी श्रेष्ठले जितेको ब्यूटी विथ अफ पर्पस अवार्ड नै अहिलेसम्म नेपालले मिस वर्ल्डमा हासिल गरेको एक मात्र टाईटल अवार्ड हो । २३ वर्षिय श्रृंखलाले ललितपुरको पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छिन् । उनका बुबा विरोध खतिवडा नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा सांसद हुन् भने आमा मुनु खतिवडा नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सभा ३ कि सासंद हुन् । राजनीतिक पृष्ठभुमि र अध्ययनमा अब्बल भएका कारण पनि श्रृंखलाले मिस वर्ल्डमा नेपाललाई कुनै न कुनै उपाधि जिताउने आशा गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…