• काठमाडौँ, २१ मङ्सिर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ ।

    महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सीलाई आज कारवाही गरेको हो । महाशाखा प्रमुख वसन्तकुमार पन्तले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार पाँच पटकभन्दा बढी कसुर गरेमा छ महीनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था भएकाले त्यसलाई कडाइका साथ लागू गर्ने उहाँले बताउनुभयो । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकलाई महाशाखाको हटलाइन १०३ वा ९८५१२९५१०० मा एसएमएस वा फोन गर्न यात्रुलाई आग्रहसमेत गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…