• काठमाडौंः नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले पहिला गुट जोगाउने कि कांग्रेस जोगाउने भन्ने गम्भीर भएर सोच्ने बेला आएको बताएका छन् ।
    सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव शाहीले भने, ‘जुनसुकै बाहानामा आफू र आफ्नो गुट जोगाउने बाहेक कसैले पनि पार्टी जोगाउने कुरा गरेको छैन् । त्यसैले आजको खाँचो भनेको कांग्रेसमा बृहत भाबनात्मक एकता र अधिकतम सहमतिमा पार्टी संचालन गर्नु को विकल्प छैन् ।’
    उनले पार्टीभित्र रहेको गुटप्रति आक्रोश पोख्दै भने, ‘न रह्यो बाँस न रह्यो बाँसुरी भन्या जस्तो कांग्रेस नै नरहे गुट मात्र बाँकी रहेर के अर्थ होला र ?’
    उनले पार्टी गुट र उपगुटले एक दिन सबैको सर्वनास बाहेक अरु केही नहुने बताए ।
    महासचिव शाहीले सबभन्दा पहिला पार्टी बचाउनु पर्ने बताउँदै भने, ‘आउनुहोस् अब अरुको मुख नताकौ हामीबाट नै गुट होइन पहिला पार्टी बचाउने शुभ अभियानको प्रारम्भ गरौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…