• झापा । मेचीनगर लेडी जेसीजका अध्यक्षमा मञ्जु खनाल चयन भएकी छिन् । शाखाको शनिवार सम्पन्न ५ औँ अधिवेशनलाई पोखरेललाई अध्यक्षमा चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सिता गिरी पुरी र सविता पोखरेल चयन भएका छन् । उपाध्यक्षहरुमा अनिता गुरागाई, शर्मिला श्रेष्ठ, बन्दना भण्डारी र गरिमा बोहोरा चयन भएका निर्वाचन आयुक्त एवम् निवर्तमान अध्यक्ष शोभा श्रेष्ठले बताइन् । बाँकी रहेका पदहरुमा पद हस्तान्तरण कार्यक्रममा मनोनित गरिने शाखा अध्यक्ष सुनिता पनेरुले बताइन् ।
    यसैगरी, धुलाबारी जेसीजको अध्यक्षमा केशब पोखरेल चयन भएका छन् । । शाखाको ४० औँ अधिवेशनले पोखरेललाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरेको हो । २००४ देखि धुलावारी जेसीजमा आबद्ध पोखरेलले उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, सहसचिव, महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष, तालिम संयोजक, जनसम्पर्क अधिकारीलगायतका प्राय सबै पदहरुमा बसेर नेतृत्व गरिसकेका छन् । सम्भवत जेसीजभित्र रहेर यति धेरै पदहरुको जिम्मेवारी पुरा गरी अध्यक्ष बन्ने पोखरेल एक्लो हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा सुदिप सुवेदी र सागर शिवाकोटी चयन भएका छन् ।
    उपाध्यक्षमा प्रताप खड्का, दुर्गा खड्का, दिनानाथ भट्टराई, गगन पोख्रेल र कैलाश प्रसाईको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । आईतबार मतदान प्रक्रियाबाट ४ जना उपाध्यक्षको टुङ्गो लगाउने निर्वाचन आयुक्त  एवम् पूर्व अध्यक्ष सिनेटर लिलाप्रसाद भण्डारीले बताए । शाखाकोे बिधान अनुसार १५ सदस्यीय कार्य समितिमा महासचिब, कोषाध्यक्ष, सहसचिब, तालिम संयोजक र कानूनी सल्लाहाकार लगायतका पदमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान शाखा अध्यक्ष नारायण खनालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…