• धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् ।
    वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले ३ सय ४ मत प्राप्त गरेका थिए भने प्रत्यासी पाठकले १ सय ६६ मत मात्र प्राप्त गरेका थिए । सालिन, भद्र र कर्तव्यनिष्ठ कोइराला यस अघि पनि वनको अध्यक्षमा रहेर नेतृत्व गरिसकेका छन् । वनको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गरेको छ ।
    उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनका नवराज फुयाँल निर्वाचित भएका छन् । उनले बाम गठबन्धनका अन फुजेललाई ३१ मतको अन्तरले पराजित गरेका छन् । फुयाँलले २ सय ४२ मत प्राप्त गरे भने भुजेलले २ सय १२ मत प्राप्त गरेका थिए । सचिवमा बाम गठबन्धनकी जानुका ओलीले प्रत्यासी लोकतान्त्रिक गठबन्धनकी देवीमाया तामाङलाई २३ मतले पछि पार्दै निर्वाचित भइन् । ओलीले २ सय ४३ र तामाङले २ सय २० मत प्राप्त गरेकी थिइन् । सहसचिवमा लोकतान्त्रिकका मोहन भण्डारीले प्रत्यासी तारा पौडेललाई ३२ मतले पछि पार्दै निर्वाचित भए । भण्डारीले २ सय ३५ मत प्राप्त गरेका थिए भने पौडेलले २ सय ३ मत प्राप्त गरे । कोषाध्यक्षमा बाम गठबन्धनकी लक्ष्मी श्रेष्ठले लोकतान्त्रिक गठबन्धनकी मंगलमाया मगरलाई ९ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका निर्वाचन समितिका सदस्य हेमेन्द्र निरौलाले बताए ।
    यसैगरी सदस्यहरुमा लोकतान्त्रिकतका फुलकुमारी दनुवार (६७), वुष्प दाहाल (४९), महेन्द्र रिजाल (६१), कुमारी राई (६०) र दिलकुमारी क्षेत्री लिम्बू (४३) मत प्राप्त गर्दै विजय भए । यसैगरी बाम गठबन्धनका तर्फबट अग्नि चौधरी (५४), देवीमाया बुढाथोकी (४३) र करुण राजवंशी (५४) मत प्राप्त गर्दै विजयी भएका निर्वाचन समितिका सदस्य हेमेन्द्र निरौलाले बताए । निरौलाका अनुसार ५ सय १० उपभोक्ता भएको उक्त वनमा ५ सय ८७ मत झरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…