• देबु बानियाँ
    झापा । सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी कार्की प्रधान (सिया) निर्वाचित भएकी छन् ।
    शनिवार सम्पन्न शाखाको आठौ बार्षिक साधारणसभाले कार्कीलाई निर्बिरोध अध्यक्षमा निर्वाचित गरेको हो । वर्ष २०१८ की महासचिव कार्की २०१५ मा सदस्य, २०१६ मा उपाध्यक्ष र २०१७ मा कार्यकारीणी उपाध्यक्ष पदमा रहेर शाखाको जिम्मेवारी बहन गरिसकेकी अनुभवी व्यक्ति हुन् ।
    शाखाको कार्यकारिणी उपाध्यक्ष प्रमी शाक्य र रश्मी शाक्य सर्वसम्वत चयन भएका छन् । उपाध्यक्ष लक्ष्मी गुरुङ , पबित्रा गुरुङ , कृष्णा शाही र सुबेक्षा श्रेष्ठ चयन भएका शाखा अध्यक्ष कृति गुभाजु शाक्यले बताइन् ।
    अध्यक्ष गुभाजुका अनुसार महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकारसहित बाँकी पदहरु पद हस्तान्तरण कार्यक्रममा मनोनित गरिनेछ । पुर्ब अध्यक्ष ज्योती कार्की पौडेलको प्रमुख आथित्यता एवम शाखा अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न अधिवेशनमा विशिष्ट आतिथी पुर्ब अध्यक्ष सुस्मा गिरि र पुर्ब अध्यक्ष प्रतिमा मल्ल रहेका थिए ।
    यसैगरी, कोहलपुर जेसीजको अध्यक्षमा संगिता सुवेदी निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न शाखाको ११ औँ शाखा अधिवेशनले सुवेदीलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो । कोहोलपुर जेसीजको ११ वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष समेत बन्ने सौभाग्य प्राप्त गरेकी सुवेदी वर्ष २०१८ की कार्यकारीणी उपाध्यक्ष हुन् । कुशल महिला व्यवसायी सुवेदी विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छिन् भने यस क्षेत्रकी सक्रिय समाजसेवी समेत हुन् ।
    यसैगरी शाखाको कार्यकारीणी उपाध्यक्षमा धुव्र आचार्य र रामप्रसाद पाण्डे चयन भएका छन । उपाध्यक्षहरुमा दिपेन्द्र केसी, अञ्जु शर्मा, राकेश विष्ट र राजकुमार पौडेल सर्वसम्वत चयन भएका निर्वाचन आयुक्त एव्म निवर्तमान अध्यक्ष प्रकाश लामिछानेले बताए । बाँकी रहेको महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकालगायतका पदहरु पद हस्तान्तरण कार्यक्रममा मनोनित गरिने शाखाका वर्ष २०१८ का अध्यक्ष बुद्धि थापा मगरले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…