• अर्जुन जम्नेली राई
    काठमाडौ । साम्पाङ भाषा लेखन पुस्तिका सार्वजनिक गर्दै किरात साम्पाङ राई जुम्लेखा नेपालको आज (शनिबार) १४ औं स्थापना दिवस मनाएको छ ।
    कोटेश्वर स्थित सुम्निमा हला भएको कार्यक्रममा भाषा लेखन पुस्तिका सार्वजनिक, अक्षकोष घोषणा, सम्माण तथा साँस्कृतिक कार्यक्रम गरेर स्थापाना दिवस मनाएका हुन ।

    कार्यक्रममा सम्पाङ समुदायलाई योगदान गर्नुहुने जुम्लेखाको पूर्ब अध्यक्ष टिकसरी राई, डा. नेत्रमनी दुमि राई, अक्षकोष स्थापना गर्नुहुने दिनेस राई लगायतलाई पगरी(फेटा) गुथेर सम्मान गरिएको थियो ।

    दिनेश साम्पाङ राईले आफ्नो आपा आमा तेज बहादुर र डम्बारकुमारी राईको स्मृतिमा २ लाखको तेजबहादुर डम्बरकुमारी राई छात्राबृती कोष स्थापनाको घोषणा गर्नुभएको छ । उत्त छात्रवृत्ति बार्षिक रुपमा साम्पाङ भाषी जेहेन्दार छात्रछात्रालाई प्रदान गरिने बताइएको छ ।
    जुम्लेखा नेपालको अध्यक्ष हरीके सम्पाङको सभपतित्वमा भएको कार्यक्रममा भाषा आयोगको सचिव लाल्चन चौहान, डा. किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष ज्ञान राई, नेत्रमनी दुमि राई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साम्पाङ भाषाको गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…