झापा । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले आज दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आईडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् । उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् ।

यसअघि उनलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् । दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएकी अस्मितालाईविमानस्थलमै भव्य स्वागत गरिएको थियो । अस्मिताको स्वागतमा ठूलो संख्यामाशुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए ।
झापाको लखनपुरघर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्राशुभारम्भ गरेकी थिइन् । गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ४ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन् । नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ। त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन् ।
https://www.youtube.com/watch?v=Q1KKvEJNf1Y&t=6s