• झापा । धुलावारी जुनियर जेसीजको वर्ष २०१९ का लागि जान्वी दाहाल अध्यक्षमा निर्वाचित भएकी छिन् ।
    शनिवार भएको (उम्मेद्वारी मनोनयनमा अध्यक्षका लागि दाहालको मात्र उम्मेदवारी परे पछि उनी अध्यक्ष बन्ने निश्चित भएको हो । आइतवार निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्ने निर्वाचन संयोजक धुलावारी जेसीजका पूर्व अध्यक्ष सिनेटर लिलाप्रसाद भण्डारीले बताए । समितिको कार्यकारीणी उपाध्यक्षमा स्नेहा भण्डारी, सैलेश गौतम, उपाध्यक्षमा विपना काफ्ले, सुष्मा तामाङ, राजु लुइँटेल र प्रथम कार्की उम्मेदवारी परेको छ । उनीहरुको आवश्यक संख्यामा मात्र मनोनय दर्ता भएपछिसर्वसम्वत चयन भएक छन् । बाँकी पदहरुमा पछि हुने पद हस्तान्तरण कार्यक्रममा मनोनित गरिने वर्ष २०१८ का अध्यक्ष सुलभ भण्डारीले बताए ।
    यसैगरी, विराटनगर जुनियर जेसिजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी निर्विरोध निर्र्वािचत भएकी छिन् । शनिवार सम्पन्न जुनियर जेसीजको भेलाले ओडारीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । उनी यो शाखाको तेस्रो र दोस्रो महिला अध्यक्ष हुन् । यसअघि विराटनगर जुनियर जसीजको महिला अध्यक्ष चण्डिका भण्डारी भएकी थिइन् । यसैगरी, कार्यकारीणी उपाध्यक्षमा प्रशंसा पौडेल र रितेश मैनाली, उपाध्यक्षमा गौरव कर्ण, मुकेश यादव र चन्दा खङ चयन भएका छन् । महासचिवमा प्रिन्स पौडेल, । कोषाध्यक्षमा विकल्प न्यौपाने, कानुनी सल्लाहकारमा जीना शर्मा, सहसचिवमा दीपा रेग्मी, तालिम निर्देशकमा अंकित थापा मगर र जनसम्पर्क अधिकारीमा गरिश्मा कोइराला निर्र्वािचत भएको निर्वाचन आयुक्त सनराईज चौधरीले जानकारी दिए ।
    दुई चरणमा भएको जुनियर जेसीजको कायक्रम अन्तरगत पहिलो चरणमा उम्मेदवारी तालिम र दोस्रो चरणमा साधारणसभा सम्पन्न भएको वर्ष २०१८ का अध्यक्ष मिलाप कर्णले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…