• झापा । त्रिभुवन नगर जेसीज दाङले घोराही उपमहानगरपालिका १३ मौलाकोटलाई मौलाकोट जेसिजग्राम घोषणा गरेको छ । त्रिभुवन नगर जेसीजले शनिवार मौलाकोटमा एक कार्यक्रमको आयोजना गरि भौगोलिक विकट क्षेत्रमा रहेको सो क्षेत्रलाई विकास सँग जोड्ने गरि मौलाकोट जेसिजग्राम घोषणा गरेको हो ।

    त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा कार्यक्रम गरि प्रमुख अतिथी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले मौलाकोट जेसिजग्रामको उद्घाटन गरेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ को विकट बस्तीकारुपमा रहेको मौलाकोट र बुढाकोटलाई एकीकृतरुपमा बिकास सँग जोड्ने गरी त्रिभुवननगर जेसिजले मौलाकोट जेसिजगाउँ बनाउने उदेश्य राखेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले विकासका दृष्टिले पछाडी परेका गाउँठाउँहरुको विकासमा अब युवाहरु जोडिनु निकै राम्रो काम भएको बताएका छन । युवाहरुको सकारात्मक गतिशिलता अहिलेको आबस्यकता भएको भन्दै मौलाकोट र बुढाकोटलाई सुगमता सँग जोड्नु अपरिहार्यता भएको उल्लेख गरेका छन ।

    अब मौलाकोटलाई पर्यटकिय स्थल बनाउदै स्थानियहरुलाई व्यवसाय सँग जोड्नु पर्ने बताएका छन। कार्यक्रममा जेसिजग्रामका संयोजक माधब केसीले मौलाकोटमा नियमित र दिर्घकालिन योजनाका साथ काम गरिने बताएका छन ।

    शिक्षाको विकासका लागि बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण, स्वास्थ्य जाँचका लागि शिबिर सञ्चालनका हुदै आएको भन्दै अब दिर्घकालिनरुपमा आधारभुत आबस्यकताहरुलाई पूर्तीगर्न स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार सँग समन्वय गरेर काम गर्ने जानकारी दिएका छन ।

    कार्यक्रममा वडा नम्बर १३ का सदस्य हरिबहादुर घर्ती, नेपाली कांग्रेसका उपसभापती कमानसिंह भारती, जेसिजका पूर्ब अध्यक्ष नारायणप्रसाद अधिकारी र गायक मोहीत श्रेष्ठले जेसिजग्राम घोषणाले अब मौलाकोट र बुढाकोट विकासमा अघि बढ्ने बिश्वास व्यक्त गरेका छन । कार्यक्रमको सहजिकरण महासचिब बुद्धिप्रकाश शर्माले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…